नेपाली कम्युनिष्ट पार्टी भित्रको अतिवादी चिन्तनहरू – प्रशान्त लामा दोङ

२०७३ बैशाख ४ गते, शनिबार

ऐतिहासिक प्रजातन्त्र स्थापनाको पृष्ठभूमिमा स्थापित कम्युनिष्ट पार्टीको प्रदुर्भाव वि.स. २००६ सालमा भयो । स्थापनाकालदेखि नै बैचारिक बिचार द्वन्द्वबाट ग्रसित नेपाल कम्युनिष्ट पार्टी पदीय दायित्वको रूपमा समान महत्वकांक्षीलाई सन्तुलनमा राख्न नसक्दा पार्टी फुटको संघार पुगी बिभाजित भएको यथार्थ नकार्न सकिन्न । कम्युनिष्ट पार्टीभित्र समान अधिकारको कुरा अधिकतम हुने गर्दछ । सैद्धान्तिक हिसावले कम्युनिष्ट पार्टीभित्र नेतृत्व हस्तन्तरणको कुरो यथोचित तरिकाले उठे पनि व्यवहार त नेतृत्व एउटा व्यक्तिमा सीमित गर्ने कारणले कम्युनिष्ट पार्टी बिभाजित भएको देखिन्छ । नेपाली कम्युनिष्ट पार्टीहरू सैद्धान्तिक बहासमा वर्ग मुक्तिको कुरा जति गरे पनि अघोषि जातिय अतिवाद र धार्मिक अतिवादबाट मुक्त हुन सकिएन । फाँसीवादी राज्यसत्तको मुक्तिको लागि यथार्थको महावलि वीर योद्धहरू कहिल्यै पनि दक्षिणपन्थी अवसरवाद मुक्त हुन सकिएन । नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वले नेतृत्व हस्तान्तरण कहिल्यै गरिएन । सीमित जातभित्रको निश्चित वर्गको परिधिभित्र नेतृत्व सीमित राखे । कम्युनिष्टहरू कहिले दक्षिणपन्थको सिकार भए त कहिल्य युगको अभिभारा पूरा गर्ने महापुरूष नेतृत्व दक्षिणपन्थी राज्यसत्ता र भारतीय बिस्तारवादको राष्ट्रघाति जहासुची – ले कत्लेआम गरिदिए । आज कम्युनिष्टहरू एउटै लक्ष्य प्राप्तिको लागि दश टौके भएर पार्टीलाई एकता गराउनुको साटो फुटसँघारमा लागेका छन् । सायद त्यसैले होला माओवादी राज्यसत्ता बन्दुकको नालबाट भन्थे । आखिर पद र प्रतिष्ठाको निरंकुश अतिवादी चिन्तनले एउटा माओवादी टुक्राटुक्रा भए । कम्युनिष्ट पार्टीहरू नेतृत्वमा पुगेपछि सिंहको स्वरूपमा ब्वाँसोको छाला ओढेर वास्तविक कार्यदिशा विर्सेर दक्षिणपन्थीको खोल ओढ्न पुगे । श्रमजीवि सर्वहारा जनताको मुद्दालाई थाती राखेर यथास्थितिवादी पुरातनवादी चिन्तनको ढोङ्गी बन्न पुगे । देशको आवश्यकतालाई बिर्सेर बिस्तारवादको दासत्वलाई स्वीकार गरेर फाँसीवादी राज्यसत्ताको गुलामी बन्न पुगे । त्यसैले आजसम्म पनि मन्दिर नेपाली भेटी गुथ्ने पुजारी भारतीय, शासक नेपाली रिमोट भारतीय, देश निरपेक्ष शासक भारतीय गुलाम सापेक्ष । यो तमाम समस्यालाई चिर्ने आँट कहिल्यै गरिएन । युगले मदनलाई जन्माए तर बाँच्न दिएनन्, दक्षिपन्थी ढोङ्गीले अनि अतिवादी गुलामले । मनमोहन आए आँट गरेनन्, कांग्रेसी जालोले घेरे अनि यथास्तितिवाद भारतीय गुलामले घेरे जसले गर्दा अन्तत्वगत्वा पार्टी पनि बिभाजनको संघार पुगे, पार्टी फुटे । माओवादी दश बर्षे जनयुद्धको नाममा दश बर्ष सर्वहारा जनताको छोराछोरीहरू बलिको बोका बनाए । आखिर जनयुद्धको तात्पर्य त्यही रहेछ कि प्रचण्डलाई नेता बनाउनु अनि अबसरवादी घुस्याहा बाबुराम दक्षिणपन्थीलाई सत्तारोहण गर्नु । अनि मोहन वैद्य किरण, बिप्लवलाई पदको मोह बढाउनु । कम्युनिष्ट राज्यसत्ता नेतृत्वमा त पुगे । बिचरा ! प्रचण्ड आपूm सत्तामोह रहिरहँदा भारतीय बिस्तारवादको अघोषित उपनिवेश हटाउने जमर्को भारतीय बिस्तावादको नेपाली हिन्दु संस्कृतिको धरोहर, आर्थिक उपार्जनको मेरूदण्ड पशुपतिनाथको पुजारी भट्टलाई निलम्बन गरी नेपाली पुजारी हालेर गरेका थिए । त्यतिखेर न पार्टीको सहकर्मी नेताहरूले साथ दिए न कम्युनिष्टको खोल ओढ्ने अन्य पार्टीहरूले दिए, प्रचण्ड एक्लिए । आफैँ सत्ताबाट हट्नुप¥यो । नेपाली कम्युनिष्टहरूको समाजवाद नारा तर एसियाकै टपलिष्ट, अकुत कालो धन जम्म गर्ने नेताहरू छन् । कम्युनिष्टको खोल ओढेर आकुत राज्यको ढुकुटी ब्रह्मलुट गर्नेहरू धेरै छन् । देशको साँस्कृतिक धरोहर बिदेशमा बेचेर खानेहरू छन् । आज हिन्दु अतिवाद धार्मिक चिन्तन, जातीय अतिवादी चिन्तन, अनि क्षेत्रिया अतिवादी चिन्तनले कम्युनिष्ट पार्टीहरू बैचारिक बिचलनमा परे । अनि नोकरशाही पुँजीवादीहरूको ढोङले देशको समाजवादी साम्यवाद ओझेलमा परे । देश यतिखेर दुई कम्युनिष्ट पार्टीहरूको नेतृत्वमा समाजवादको उन्मुख दिशाको कार्यभारमा साम्यावाद प्राप्तिको दिशातर्फ अघि बढ्न खोज्दैछ । यतिखेर कम्युनिष्ट पार्टी धरोहर केपि शर्मा ओली अगुवाईमा दक्षिणपन्थीको ढाडमा क्षेप्यास्त्र प्रहार गर्न खोज्दैछ । भारतीय बिस्तारवादको गिद्धेदृष्टि माथि सतिसालझैँ उभिएर असमान सन्धिको खारेज अभियानमा लाग्दैछ । कम्युनिष्ट ढाडमा उभेर राष्ट्रिय राजनीतिका छबि कमाएका बाबुराम भट्टाराई, असोक राई, मोहन वैद्य किरण, बिप्लवजस्ता नेताहरू जातीय साम्राज्य खडा गर्न कम्युनिष्ट पार्टीको बर्ग मुक्तिको कार्यदिशालाई एकताबद्ध भई सामना गर्नुको साटो लागिपरेका छन् । नेकपा एमालेका केही धार्मिक अतिवादी चिन्तन बोकेका अनि माओवादीका केही फाँसीवादी नेताहरू असफल बनाउन खोज्दैछ । काँग्रेसी भारतीय गुलामीहरू देश जुवाको खालमा बन्दगी राखेर रङमञ्च रच्दै अनि मधेशको नाम राजनीति पगरी गुथ्ने ढाडे बिरालाहरू देशलाई बिखण्डन गर्न खोज्दैछ । सवल कम्युनिष्ट बिकासको बाधकतत्व अतिवाद हो भन्दा फरक नपर्ला ।

प्रतिक्रियाहरु