क्रान्ति अघि बढिरहेको छ – बिरोचन शर्मा

२०७२ चैत्र २७ गते, शनिबार

नेपाली क्रान्तिलाई विजयको शिखरमा पु¥याउने दृढ संकल्पसहित पार्टी पुनर्गठन गरी क्रान्ति अघि बढिरहेको छ । नेपाली क्रान्तिका गद्दार प्रचण्ड बाबुरामबाट नेपाली जनयुद्ध विसर्जन गरी क्रान्तिमा धोका गद्दारी र वेइमानी गरे भने सचेत क्रान्तिकारीहरुको पहलबाट नेपाली कम्युनिस्ट आन्दोलन नेपाली जनयुद्धको उपलब्धिलाई संस्थागत रक्षा र बिकास गरी अगाडि बढिरहेको छ । जनताको अधिकार राष्ट्रिय स्वाभिमान र नेपाली राष्ट्रियताको रक्षा गर्ने अधिकार दिलाउने बाटमा नेकपा माओवादी अग्रपंक्तिमा छ । अहिले नेपाली राष्ट्रिय दलाल र क्षेत्रीय दलाल सक्रिय छन् । यी दलालहरुको कारण नेपाली जनताको हकहितहरु कुन्ठित भएका छन् भने पुँजीवादी दलालहरुले राष्ट्रियतालाई बन्धक बनाई आफ्नो लुटको स्वार्ग मच्चाइरहेका छन् । देश दिनानुदिन संकटको दिशातिर ढल्किँदै छ भने राष्ट्रियता झन् कमजोर हुँदैछ । यहाँका शासकहरु भ्रष्टाचारमा लिप्त छन् भने जनताको समस्या जस्ताको तस्तै छन् । राष्ट्रघात, जनघात झन् बढेको छ । यो संसदीय व्यवस्था भनेको भ्रष्टाचारको अखाडा हो, जसले देशलाई कंगाल बनाउँदै अघि बढेको छ । जनताको दैनिकी ज्यादै कष्टकर छ भने दलालहरु विलाशितामा रमाएका छन् । चरम महँगी कालोबजारी घुस तस्करी बढेको छ । यस्तो प्रकारको ज्यादति नियन्त्रण गर्नुको सट्टा उल्टै सरकार र प्रशासनको मिलेमतोमा कालोबजारी हुन्छ, भ्रष्टाचार हुन्छ अनि अकुत सम्पत्ति कमाई हुन्छ । यस्तो प्रकारको व्यवस्थाबाट जनता आजित छन् भने प्रतिरोधको भावना पनि जनतामा उजागर छ । यही अस्तव्यस्तको अवस्थाबाट क्रान्ति शुरु गर्नु भनेको क्रान्तिको लागि अनुकूल वातावरण हो । दक्षिणपन्थी नवसंशोधनवाद, बुर्जुवा आत्मसमर्पणवाद र प्रतिक्रियावादी संशोधनवादका विरुद्ध संघर्ष गर्नु जरुरी छ । क्रान्तिबाट देशको शासन व्यवस्था परिवर्तन गर्न सकिँदैन भन्ने सुधारवादीहरुलाई क्रान्तिबाट परिवर्तन हुन्छ भन्ने सवक सिकाउनुपर्ने छ । दस वर्षे नेपाली जनयुद्धको मूल मर्म भनेको सर्वहारा गरिव किसान वर्गको नयाँ जनवादी सत्ता स्थापना गर्नुरहेको थियो । नेपाल कम्युनिस्ट पार्टीको एक मात्र लक्ष्य जनवाद हो । आज ६६ वर्षसम्म पनि नेपाली कम्युनिस्ट आन्दोलनको लक्ष्य नयाँ जनवाद स्थापना भएको छैन । तर, कम्युनिस्ट पार्टी ६६ पटक फुट भैइसके यी विडम्बना हो । जहाँ आपूmलाई असली कम्युनिस्ट हु भन्नेहरु अन्ततः संसद्वादमा पतन भएको इतिहास हाम्रोसामु ताज छ । सशस्त्र झापा विद्रोह गर्ने माले भन्यौं या दस वर्षे जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड बाबुरामहरु आज संसदीय भासमा चुर्लुम्म डुबेको देख्न पाइन्छ ! कमरेड लेनिनले भन्नु भएको थियो, संसदीय व्यवस्था भनेको खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने पसल हो । आज प्रचण्ड बाबुरामहरु त्यही पसलमा कुकुरको मासु बेच्न पस्नुभएको छ । हिजो त्यही व्यवस्थाविरुद्ध हजारौंको बलिदान गर्न लगाउने गद्दारहरु आज त्यहीँ पस्नुलाई आत्मसमर्पण गरेको मानिन्छ । नयाँ जनवाद संघीयता समानुपातिक समावेशी धर्मनिरपेक्ष गणतन्त्रको लागि लडनेहरु आज ओझेलमा परेका छन् । जसले गणतान्त्रको विरोध ग¥यो त्यो सरकारमा छ । जसले संघीयताको विरोध ग¥यो त्यो संघीय व्यवस्थाको सरकारमा छ । जसले हिन्दु धर्मको वकालत गर्ने कमल थापाहरु धर्मनिरपेक्ष राष्ट्रको शासन व्यवस्थामा छन् भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षजस्ता परिवर्तन र अग्रगामी एजेन्डामा लड्ने शक्ति बाईपास गरिएको छ । जसले गणतन्त्र सम्भव तुल्यायो, जसले राजतन्त्रको विरुद्ध लडेर गणतन्त्र दिलायो, त्यो आन्दोलनको अहिलेको संविधानमा उल्लेख छैन । के जनयुद्ध नभएको भए गणतन्त्र सम्भव थियो ? यो हामी प्रश्न गर्न चाहन्छौँ । अहिलेको कथित संविधान कसरी उत्कृष्ट हुन्छ ? आफ्नो इतिहास बेचेर खाने, आफ्नो सम्पत्ति बेचेर खाने, गद्दार नवसंशोधनवादीहरु तिम्रो असली रुप प्रकट भयो । यो तिमीहरुको हिसाब–किताब नेपाली जनताले लेखाजोखा गर्ने नै छन् । हजारौं मारेर संसदीय व्यवस्था स्विकार्ने हजारौं बेपत्ता पारेर आत्मसमर्पण गर्ने लाखौं घाइते अपांग बनाएर क्रान्तिलाई विसर्जन गर्ने ? योभन्दा बेइमानी धोका र गद्दारी के हुन सक्छ ? जसले आफ्नो ज्यानको बाजी थापेर प्रचण्ड स्थापित गरेका हुन् । त्यो रगतले राम्रोसँग बस्न देला ? यो प्रश्न तिमीप्रति सोझिएको छ । अब नेपाली क्रान्तिको बाटो भीषण संघर्षमा उकालो चढ्दै छ । माओवादी आन्दोलन एक पात्र बिग्रँदैमा कुनै एक व्यक्तिले आत्मसमर्पण गर्दैमा सिंगो माओवादी आन्दोलन रोकिँदैन यो निरन्तर अघि बढ्दैछ । पेरिस कम्युनदेखि चिनियाँ क्रान्तिसम्म माक्र्स एगेल्स, लेनिन, स्टालिन र माओले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक अवस्थाअनुसार क्रान्ति गर्नु भएको थियो भने नेपाली जनयुद्ध पनि आफ्नै मौलिक विशिष्टतामा अगाडि बढेको थियो । विडम्बना जनयुद्धको नायकबाट जनयुद्धप्रति गद्दार गरिसकेपछि नेपाली क्रन्ति अघि बढाउन पार्टी पुनर्गठन गरी क. विप्लव नेतृत्वको नेकपा माओवादी पार्टी अगाडि बढेको छ । जसले अहिलेको समयसन्दर्भिक बस्तु परिस्थितिसँग मेल खाने कार्यदिशा निर्माण भएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा हो । यो कार्यदिशाले नेपालको क्रान्ति पूरा गर्ने छ । राष्ट्रघाती, जनघाती, भ्रष्टाचारी, कालोबजारी, तस्करी र घुसका विरुद्ध यो संघर्ष गर्दछ भने राष्ट्रिय स्वाधीनता, जनगणतन्त्र, परिवर्तनको संवाहक हो । एकीकृत जनक्रान्तिले प्रतिक्रियावादी संसदीय व्यवस्थाको अन्त्य गर्ने अठोट गर्दछ भने नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्न आतुर छ । राष्ट्रिय व्यवसायी राष्ट्रिय सेवाको काम गर्छ भने पुँजीवादी दलालहरु विरुद्ध डटेर संघर्ष गर्दछ । जनताको अधिकारका निम्ति बलिदान गर्नु परे नि बलिदान गर्छ । तर, प्रतिक्रियावादी दलाल संसदयी व्यवस्थासँग प्रतिरोध गर्छ हामी सच्चाई न्याय र समानतको युद्ध लड्न चाहन्छौँ । । सत्य, न्याय र समानताको लडाइँमा सहभागी हुन र पुँजीवादी प्रतिक्रियावादी संसदीय व्यवस्था अन्त्य गर्दै देशीविदेशी दलालहरु परास्त गर्दै भ्रष्टाचारको नाम निशान मेटाउँदै नयाँ नेपाल जनगणतन्त्र नेपाल स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढौं जित सुनिश्चित छ ।

प्रतिक्रियाहरु