प्रेमीको मुटु झिक्नेलाई मृत्युदण्ड

२०७२ चैत्र १७ गते, बुधबार

काठमाडौ, १७ चैत । बंगलादेशमा एउटा अदालतले प्रेमीको मुटु झिकेर हत्या गरेकोमा प्रेमिकालाई मृत्युदण्डको सजाय तोकेको छ । २१ वर्षीया फतिमा अख्तर सोनालीले आफ्नै प्रेमीको विभत्स हत्या गरेकी थिइन् । आफूसँग विवाह गर्न नमानेको भन्दै उनले प्रेमीको हत्या गरेको बताइएको छ । यस अतिरिक्त आफूसँगको यौनसम्पर्कलाई कथित रुपमा ती प्रेमीले भिडियो बनाएको र अर्की एक महिलासँग पनि यौनसम्पर्क गरेको भिडियो फेला परेपछि उनले हत्या गरेको सरकारी वकिलको भनाई छ । महिलालाई मृत्यु दण्ड दिने गरिएको घटना कमैमात्र हुने गरे पनि यो मामला निकै गम्भीर प्रकृतिको भएको पनि स्थानीय कानुनविदहरुले जनाएका छन् । फतिमाले नशालु पदार्थ खुवाएर प्रेमीलाई लठ्याउँदै हात–खुट्टा बाँधेर मुटु निकालेकी थिइन् । प्रहरीका अनुसार उनले आफूलाई धोका दिने प्रेमीको मुटु कत्रो छ भनेर हेर्न चाहेकाले त्यसो गरेको स्वीकारेकी थिइन् ।
सन् २०१४ मा भएको सो घटनामा आफ्नो संलग्नता उनले स्वीकार गरेको बताइएको छ । यद्यपि अदालतको यो निर्णयलाई उनले चुनौती दिन सक्नेछिन् ।
बंगलादेशका अतिरिक्त प्रहरी महानिरीक्षक टिपु सुल्तानका अनुसार यदि सजाय कायम भएमा बंगलादेशमा मृत्युदण्ड पाउने उनी पहिलो महिला हुनेछिन् । – एजेन्सी

प्रतिक्रियाहरु