पाकिस्तानमा हिंस्रक प्रदर्शन

२०७२ चैत्र १६ गते, मंगलवार

काठमाडौँ, १६ चैत । पाकिस्तानमा सरिया कानुन लागू गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले दर्जनौं सवारीसाधनमा आगजनी गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।
राजधानी इस्लामावादमा भेला भएका प्रदर्शनकारीले पूर्व गभर्नर सलमान तासीरका हत्यारालाई दिइएको फाँसीको विरोध गर्दै पाकिस्तानमा सरिया कानुन लागू गर्नुपर्ने माग गरेका छन् । पाकिस्तानको सर्वोच्च अदालतले इसनिन्दा कानुनमा लगाएको रोकलाई बेवास्ता गर्दै गभर्नरलाई फाँसी दिईएको भन्दै गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सयौंै सुुरक्षाकर्मी परिचालन गरिएको छ ।
संसद् भवनअगाडि भेला भएका प्रदर्शनकारीले सरिया कानुन लागू नभएसम्म आफूहरुको प्रदर्शन जारी रहने बताएका छन् । सन् २०११ मा सुधारवादी नेता सलमान तासीरको हत्या गरेको अभियोगमा गत महिना क्वाद्रीलाई मृत्युदण्ड दिइएको थियो ।
क्वाद्रीले इसनिन्दा कानुनको कडाईको विपक्षमा रहेको बहानामा तासीरको हत्या गरेको बताइन्छ । (एजेन्सी)

प्रतिक्रियाहरु