आइएसका दोस्रो नम्बरका कमाण्डर मारिए

२०७२ चैत्र १३ गते, शनिबार

काठमाडौं, १३ चैत । सिरियामा गरिएको सैन्य कारबाहीमा इस्लामिक अतिवादी संगठन आइएसका दोस्रो नम्बरमा कमाण्डर अब्दुल रहमान मुस्तफा अल कादुली मारिएको अमेरिकाले दावी गरेको छ । सैन्य कारबाहीको क्रममा आईएसका दोस्रो नम्बरका कमाण्डरसँगै अरु तीन लडाकु मारिएको अमेरिकी रक्षा मन्त्री ऐस कार्टरले जानकारी दिनुभएको हो ।
आईएसविरुद्धको कारबाहीमा सिरिया र इराकमा अमेरिकी सेनाले महत्वपूर्ण जित हासिल गरेको दाबी पनि उनले गरे ।
हाजी इमानका नामले चिनिने टर्कीस मुलका अब्दुल रहमानको जन्म इराकको मोसुलमा भएको थियो । अमेरिकी अधिकारीले रहमानको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर तोकेका थिए ।
विशेष सैन्य कारबाहीको क्रममा गएको बिहीबार हेलिकप्टरबाट जमिनमा उत्रिएका सैनिकले रहमानलाई जीवितै पक्राउ गर्ने प्रयास गरेको तर त्यसक्रममा भएको संघर्षका क्रममा उनी मारिएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् । पहिले विद्रोही संगठन अल कायदामा रहेका रहमान सन् २०१२ मा जेलबाट रिहा भएपछि आइएसमा सामेल भएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु