ब्रसेल्स आक्रमणकारीको फोटो सार्वजनिक

२०७२ चैत्र १० गते, बुधबार

काठमाडौं, १० चैत । बेल्जियम सरकारले ब्रसेल्स आक्रमणमा संलग्न तीनजना संदिग्धको तस्विर सार्वजनिक गरेको छ । ब्रसेल्सको जैवेनटेम विमानस्थलमा रहेको सीसीटीभीमा कैद गरिएको दृश्यमा एकै साथ देखिएका तीनजना युवाको तस्विर सार्वजनिक गरिएको हो । तस्वीरमा कालो पहिरनमा दुई जना र एक जना सेतो पहिरनमा रहेको देखाइएको छ । ती मध्ये सेतो पहिरनका युवा भने फरार छन् । यसैबीच ब्रसेल्समा सुरक्षा ब्यवस्था कडा तुल्याई संदिग्धहरुको ब्यापक खोजी जारी राखिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु