अनेरास्ववियुको मतगणना जारी , ४ बजेसम्म परिणाम आउने

२०७२ फाल्गुन ९ गते, आईतवार

काठमाडौ, ९ फागुन । एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अन्तिम मतपरिणाम आउन अझै केही घण्टा लाग्ने भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज ४ बजेसम्म पुरै मतपरिणाम आइसक्ने नेताहरुले बताएका छन् । अहिलेसम्मको मत परिणामअनुसार अध्यक्षमा नवीना लामासहित उहाँको समुह नै अगाडी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार लामा ४ सय ८७ र दीपक गौतमले ३ सय ७४ मत प्राप्त गर्नु भएको छ । लामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट र गौतम माधवकुमार नेपाल पक्षबाट उम्मेदवार बन्नु भएको हो ।
त्यस्तै महासचिवमा संस्थापनका ऐनबहादुर महरले ४ सय ५३ र नेपाल पक्षका अब्दुल हुसेन खाँले ३ सय ५२ मत प्राप्त गरेका छन् । महासचिवमा लामा प्यानल कै ऐन महर एक सय १२ मतले अघि हुनुहुन्छ । महरको पक्षमा ४ सय ८१ र गौतम पक्षका अब्दुल हुसेन खाँको पक्षमा ३ सय ६९ मत खसेको छ । उपाध्यक्षमा लामा प्यानल कै रश्मि आर्चायले अग्रता लिनुभएको छ ।
१५ सय ९७ प्रतिनिधि रहेकोमा चुनावमा १५ सय १९ जनाले मतदान गरेका थिए । अनेरास्ववियुमा १ सय ४१ सदस्य सहित राष्ट्रिय परिषद सदस्य, अनुशासन आयोग र लेखा आयोगको १५/१५ जना सदस्य चयनका लागि चुनाव भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु