ग्यास्ट्रिक हटाउने घरेलु उपाय

२०७२ फाल्गुन ९ गते, आईतवार

काठमाडौँ । ग्यास्ट्रीक नहुने नेपाली पाउन हम्मे हम्मे छ । नेपालीहरूको एउटा पहिचान ग्यास्ट्रिक भएको कुरा हामीबीचमा हुने पनि गर्छ । खानपिनको समय नमिल्नु, अमिलो पिरो चिल्लो खानेकुरा खानु लगायत धेरै कारणले ग्यास्ट्रिक हुने गरेको छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने लगायतका लक्षणलाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरूलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, अपान वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो । तपाईं यस्ता समस्याबाट हैरान हुनुहुन्छ भने यसबाट बच्ने घरेलु उपायहरू यस प्रकार छन्ः
१. बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रूपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
२. अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहुँ पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
३. आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।
४. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रूपमा पनि लिइन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
५. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा एन्टासीड हुने कारणले ग्यास्ट्रिकको समस्या हटाउन मद्दत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
६. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मद्दत गर्दछ ।
७. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।
८. जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।
९. लसुन
२–३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्नु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु लाभदायक छ ।
१०. सुप
सुप पनि एक प्रकारको औषधिकै रूपमा लिन सकिन्छ । पानीमा सुपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।
११. पुदिनारबाबरी
एक ग्लास पानीमा ताजा पुदिनारबाबरी राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मद्दत गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु