अनेरास्ववियु निर्वाचनको मतगणना हुँदै

२०७२ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौ, ७ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना आजबाट सुरु हुने भएको छ ।
नेकपा (एमाले) निकट अनेरास्ववियुको १७ पदाधिकारीसहित १ सय ४२ सदस्यीय समितिका लागि भएको निर्वाचनको मतगणना नेपाल प्रज्ञा–प्रतिष्ठानमा गरिने बताइएको छ । देशभरका १ हजार ५ सय ९७ प्रतिनिधिले मतदान गरेका थिए । गत बिहीबारदेखि जारी सम्मेलनको समय लम्बिँदा मतदान ढिला भएको थियो ।
अध्यक्षमा संस्थापन पक्षा नवीना लामा र नेता माधवकुमार नेपाल पक्षका दीपक गौतमको प्यानल प्रतिस्पर्धामा छ । अध्यक्ष, महासचिवसहित १९ सदस्यीय पदाधिकारी, ४१ सदस्यीय सचिवालयसहित एक सय ४१ सदस्यीय केन्द्रीय समिति, एक सय ४६ सदस्यीय राष्ट्रिय परिषद् सदस्य र ४५ सदस्यीय तीन आयोगमा प्यानल बनाएरै उम्मेदवारी परेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु