अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न

२०७२ फाल्गुन ६ गते, बिहीबार

काठमाडौ, ६ फागुन । अनेरास्ववियुको २२औँ सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको
नयाँ नेतृत्व चयनका लागि हिजो दिउँसोबाट सुरु भएको मतदान आज बिहान मात्रै सकिएको हो । मतदान प्रक्रिया सकिए पनि मतगणना भने आज नहुने भएको छ । गुटगत विवादका कारण अधिवेसन दिन लम्बिएकाले मतदान ढिला सुरु भएको थियो ।
अनेरास्ववियुका नेता आरसी लामिछानेले भोलि बिहान ८ बजेबाट मतगणना सुरु हुने बताउनुभयो । अध्यक्षमा संस्थापन पक्षा नवीना लामा र नेता माधवकुमार नेपाल पक्षका दीपक गौतमको प्यानल प्रतिस्पर्धामा छ । अध्यक्ष, महासचिवसहित १९ सदस्यीय पदाधिकारी, ४१ सदस्यीय सचिवालयसहित एक सय ४१ सदस्यीय केन्द्रीय समिति, एक सय ४६ सदस्यीय राष्ट्रिय परिषद् सदस्य र ४५ सदस्यीय तीन आयोगमा प्यानल बनाएरै उम्मेदवारी परेको थियो । तीन सय ३५ पदमा निर्वाचन अध्यक्षसहित तीन सय ३५ पदका लागि एक हजार भन्दा बढी प्रतिनिधिले मतदान गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु