खिल्ली चुरोट बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध

२०७२ फाल्गुन ४ गते, मंगलवार

काठमाडौं, ४ फागुन । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्रालयले उक्त ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइए १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरित कसैले खिल्ली चुरोट बिक्री गरेको पाइएमा कारबाही गर्ने बताए । सवैभन्दा पहिले यसबारे जनचेतना फैलाउने तयारीमा मन्त्रालय रहेको उनले बताए ।
पछिल्लो समय खिल्ली चुरोट बिक्री गर्ने र खाने चलन बढेको छ । त्यसलाई निरुत्साहित गर्न मन्त्रालयले यस्तो निर्णय गरेको हो, श्रेष्ठले भने । एक तथ्यांक अनुसनर नेपालमा ५३ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । २० प्रतिशत किशोरकिशोरीले धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको खब। अन्नपूर्ण पोष्टवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु