डिमेन्सिया रोगवाट बच्ने भए

२०७२ फाल्गुन ३ गते, सोमबार

काठमाडौँ । डिमेन्सिया मस्तिष्क रोग हो यस रोग लागेका मानिसहरूले सम्झने शक्ति, आफन्तजनहरूलाई चिन्ने, उनीहरूको नाम संझने, सरसफाई, नुहाइ धुवाई तथा दिशा, पिसाव आदि पहिले गर्दै आएका भएपनि त्यसलाइ राम्रो सँग गर्न सक्तैन । जब मष्तिस्कले गर्दै आएका महत्वपूर्ण कामहरू गर्न सक्ने शक्ति कमजोर हुदै जान्छ त्यसलाइ डिमेन्सिया भनिन्छ । विर्सने रोग बुढेसकालले गर्दा लागेको होइन यो त एक प्रकारको रोग नै हो । बुढेसकालमा मानिसले बिर्सन्छ भनिन्छ तर डिमेन्सिया रोग नलागेका बृद्धबृद्धाले प्राय बिर्सदैनन । यस्तो रोग किन लाग्छ भन्ने बारे अध्ययन अनुसन्धान हुदै आउको छ । मष्तिस्कका स्नायुकोषहरू मर्दै जाने र मष्तिस्कमा भएका केहि रसहरू उत्पन्न गर्ने स्नायुकोषहरू पनि हराउदै जाने गरेको पाइएको छ । डिमेन्सिया हुने कारणहरू धेरै छन ती मध्ये करिव ७० प्रतिशत विरामीहरू अल्जाईमर रोगका कारणले हुने गरेका छन । अलजाइमर्स रोग एक प्रकारको डिमेन्सिया हो । डा. एलोइस अलजाईमर रोगले यो रोगमा मष्तिस्कमा के खरावी हुन्छ भन्ने कुराको विवरण दिएकाले उनैको नाममा अलजाईमर रोग भन्ने गरिएको हो ।
डिमेन्सिया हुनसक्ने अन्य कारणहरूमा अत्यधिक मदिरा सेवन, एचआइभी एड्स, पोषण तत्वको कमी र मष्तिस्कमा रक्तसंचार राम्रो हुन नसक्दा हुने मल्टि इनफ्रक्ट डिमेन्सिया हुन । डिमेन्सिया रोग लागिसके पछि उपचार गरेर निको हुने सम्भावना निकै कम हुन्छ । प्रायः डिमेन्सिया रोग ६० वर्ष उमेरपछि मात्र लाग्दछ र जति उमेर वढ्दै गयो अर्थात ७०, ८० वा ९० वर्षका मानिसहरूमा डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ ।
सबै मस्तिष्कले गर्ने काम भनेको नयाँ कुरा सिक्ने र संझने,कुनै कुरालाई ध्यान दिएर सुन्ने र वुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानकोखोजी गर्ने, ठीक, वेठिक कुराको निर्णय लिने, हिसाब गर्न सक्ने आपूm कुन ठाउँमा छु, के कस्तो अवस्थामा छु भन्ने संझना राख्ने र आपूmले भन्न खोजेको कुरा सही शब्दहरूको चयनगरी भन्न सक्ने क्षमता डिमेन्सिया रोग सुरु भएपछि यस रोगका लक्षणहरू विस्तारै देखिन थाल्दछन् र अलि अलि गरेर बढ्दै जान्छन् ।
विर्सने रोगको लक्षण यस्तो छ ः– पैसा, गरगहना, साँचो वा कागजपत्रहरू राखेको ठाउँ प्रायः जसो बिर्सिने र धेरै खोजी गरिरहनुपर्ने हुन्छ ।
परिवारका सदस्यहरूको नाम संझन पहिले कुनै कठिनाई हुदैन थियो तर अहिले आएर बिर्सीराख्ने । नाम संझायो तर एकैछिनमा फेरी विर्सिसक्ने । आपूmले गर्दै आएको काम वा बहन गरेको जिम्मेवारी विग्रदै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने, रोग वढ्दै गएपछि भर्खरै खाना खाएको पनि विर्सने र मलाई खानै दिएनन भनेर कराउने, खाना माग्ने, आफ्नै छोरा, छोरी, वुहारीलाई नचिन्ने, चोर हो कि सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउने ।
डिमेन्सियालाई यसरी हेरचाह गर्न सकिन्छ ः– पोषणको कमीका कारण वा थाइरोइड ग्रन्थी सम्बन्धी रोगका कारण डिमेन्टिया भएको रहेछ भने उपचार सम्भव छ, तर अन्य कारणहरूले भएको डिमेन्सियाको उपचार छैन ।
औषधी उपचार नभएका कारण र यस्ता विरामीको हेरचाह ज्यादै बढी गर्नुपर्ने कारण परिवारले निकै कठिनाई झेल्नु पर्ने हुनसक्छ । विरामीहरूमा निम्न कुराहरू ध्यानमा राख्नु पर्छ ।
व्यक्तिगत सरसफाई र खानपिन आदि काम साना बच्चाबच्चिलाई गरे जस्तै गर्नुपर्ने हुन्छ । दिउसो नसुत्ने, घर बाहिर गएमा विरामी आफै घर पर्किन सक्दैनन त्यसकारण बिशेष ध्यान दिनुपर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु