पम्पबाट पेट्रोल चोरी गर्ने प्रहरीको फन्दामा

२०७२ माघ २२ गते, शुक्रबार

काठमाडौं, २२ माघ । मायाराम भोलाराम पेट्रोल पम्पबाट वितरण गर्नका लागि स्टकमा राखिएको पेट्रोल चोर्नेहरु प्रहरीको फन्दामा परेका छन । काठमाडौंको त्रिपुरेश्वरमा रहेको मायाराम भोलाराम पेट्रोल पम्पबाट आज बिहान साढे ३ बजे ड्रममा खनाएर अन्तै लान खोज्दा उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो । पेट्रोल चोरी गर्दा गर्दै सोहि पम्पमा कार्यरत तिन जना कर्मचारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पम्पमै कार्यरत कर्मचारीलाई पक्राउ गरेर पछि पेट्रोल वितरण हुन सकेको छैन । पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको नाम सार्वजनिक गरिएको छैन । पेट्रोल चोरीमा संलग्न हुन सक्ने अर्का एक व्यक्ति फरार रहेका पनि प्रहरीले जनाएको छ । आज पेट्रोल वितरण गर्न यो पम्पलाई आयल निगमले ६ हजार लिटर पेट्रोल दिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु