शनिबारदेखि दैनिक १० घण्टा लोडसेडिङ

२०७२ पुष २ गते, बिहीबार

काठमाडौं, २ पुस । नेपाल विद्युत् प्राधिकरणले आगामी शनिबारदेखि लोडसेडिङको समय बढाएर दैनिक १० घन्टा पुर्याउने भएको छ । प्राधिकरणले नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएको भन्दै लोडसेडिङ बढाउन परेको बताएकोछ । हाल साढे ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा शनिबारदेखि दैनिक १० घन्टा विद्युत् कटौती हुनेछ । नदीहरुमा जलस्तर घट्दै गएको र भूकम्पले क्षतिग्रस्त आयोजना पुननिर्माण हुन नसकेका कारण लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ । भूकम्पले ९० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाको उत्पादन बन्द छ ।

प्रतिक्रियाहरु