८७ बुलेट ग्यास गायब

२०७२ मंसिर १९ गते, शनिबार

काठमाडौ, १९ मंसिर । मंसिर एक देखि नौ गतेसम्म ८७ बुलेट ग्यास आएको छ। यसबाट आधा ग्यास (७.१ किलो) मात्रै राख्दा दुई लाख १७ हजार पाँच सय सिलिन्डर भर्न पुग्छ। तर, उद्योगबाट फाट्टफुट्ट मात्रै ग्यास वितरण गरियो । आयल निगमका अनुसार एक मंसिरमा एकैसाथ ५२ बुलेट ग्यास आएको थियो। एक मंसिरमा काँकडभिट्टाबाट तीन, विराटनगरबाट तीन, भैरहवाबाट ४१ र नेपालगञ्जबाट पाँच बुलेट ग्यास आएको थियो। दुई मंसिरमा नौ, तीन मंसिरमा चार बुलेट ग्यास आएको थियो। चार र पाँच मंसिरमा एक बुलेटमात्रै ग्यास आएको थियो भने ६ मंसिरमा दुई र सात मंसिरमा ग्यास आएको थिएन। त्यसपछि आठ मंसिरमा एउटा र नौ मंसिरमा १८ बुलेट ग्यास आएको छ। उक्त परिमाणको ग्यास आएपनि उपत्यकाका सर्वसाधारणले ग्यास पाएका छैनन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु