रसुवागढी नाकामा ड्राईपोट बन्ने

२०७२ मंसिर १६ गते, बुधबार

काठमाडौं,१६ मंसिर । रसुवागढी भन्सार कार्यालयले ड्राईपोटका लागि आवश्यक पर्ने जग्गाको काम सुरु गरेको छ । रसुवाको टिमुरे गाविसमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जको करिब दुई सय रोपनी जग्गा ड्राईपोटका लागि उपयुक्त मानी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
साँघुरो र भिरालो भूभाग भएकाले समथर जग्गाको अभावमा भोटेकोशीको तिरमा रहेको दुई सय रोपनी जग्गा हालका लागि ड्राईपोट बनाउन उपयुक्त देखिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले बताए । उनले चीनसँगको ब्यापार बृद्धिसँगै बढ्दो आयात–निर्यात रसुवागढी नाकाबाटै गरिन लागेकाले भन्सार चेक जाँच तथा कन्टेनर पार्किङका लागि आवश्यक जग्गाको व्यवस्था गरिएको बताए । रसुवागढी ड्राईपोट निर्माण गर्न यस अघि नै चीन सरकारले आवश्यक रकमसमेत बिनियोजन गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु