विभिन्न पम्पबाट पेट्रोल र डिजेल वितरण हुँदै

२०७२ मंसिर १५ गते, मंगलवार

काठमाडौ, १५ मंसिर। आज पनि काठमाडौ उपत्यकासहित पेट्रोल पम्पहरुबाट पेट्रोल वितरण गरिने भएको छ । उपत्यकासहित काभ्रे र सिन्धुपाल्चोकका विभिन्न पम्पबाट पेट्रोल र डिजेल वितरण हुँदैछ । तर मागभन्दा निकै कम वितरण गरिने भएकाले थोरै गाडीले मात्र इन्धन भर्न पाउने गरेका छन् । निगमले आफ्नो वेबसाइट तथा सार्वजनिक सूचनामार्फत इन्धन वितरण हुने पम्पहरुको जानकारी गराएको छ । निजी गाडीका लागि काठमाडौं उपत्यकाका बिभिन्न पम्पबाट तेल वितरण हुने भएको छ ।
यस्तै ४७ वटा पम्पबाट काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक र सिन्धुलीका निजी गाडीलाई पेट्रोल र डिजेल वितरण हुने निगमको वेवसाइटमा सूचना छ । अत्यावश्यक तथा सार्वजनिक गाडीलाई भने निश्चित बार र ठाउँबाट निगगमले हरेक दिन तेल बिक्री गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु