सुन प्रतितोला ४८ हजार

२०७२ मंसिर १४ गते, सोमबार

काठमाडौं , १४ मंसिर । आज छापावाल सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य भने तोलमा ४७ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । अमेरिकी डलर बलियो बन्दा बजारमा सुनको भाउ निरन्तर घट्ने क्रम जारी छ । आइतबार प्रतितोला २ सय रुपैयाँले सस्तिएको सुनको मूल्य सोमबार पनि २ सय रुपैयाँ कम भएको छ । आज चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले सस्तिएको छ । आइतबार तोलामा ६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ६ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अमेरिकी डलरको मूल्य बढ्दै गर्दा सुनका लगानीकर्ताहरु डलरमा आकर्षित भएसँगै सुन सस्तो भएको हो । अमेरिकी अर्थतन्त्र थप बलियो बन्दै गएकाले डलरको मूल्य उकालो लाग्ने क्रम जारी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु