अनियमितता गर्ने पेट्रोल पम्पमा सिलबन्दी

२०७२ मंसिर ११ गते, शुक्रबार

काठमाडौं, ११ मंसिर । वाणिज्य विभागको टोलीले दुई दिनसम्म गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकका चार पेट्रोल पम्पले अनियमितता गरेको भेटिएको छ । उनीहरुले उपकरण जडान गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरेकाले बिहीबकार सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
उनीहरुले प्रयोग गरेको उपकरणबारे अनुसन्धान जारी छ । उहाँले भन्नुभयो, “सो उपकरण जडान गरेर पेट्रोल पम्पबाट कम परिणाममा इन्धनको बिक्री विरतण गरी पम्पहरुले ठगी गर्दै आएका थिए ।”
बनेपास्थित उग्रचण्डी आयल स्टोर र मापा उग्रचन्डी आयल स्टोल, पनौतीको जयअम्बे पेट्रोल पम्प र जनागालको नारायणी पेट्रोल पम्पलाई सो टोलीले सिलबन्दी गरेको छ । टोलीले अनुगमन आज पनि जारी राख्ने प्रहरीले जनाएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु