९ ट्यांकर इन्धन भित्रियो

२०७२ कार्तिक २५ गते, बुधबार

काठमाडौं, २५ कात्तिक । हिजो रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ९ गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार डिजेल बोकेका तीन र पेट्रोल बोकेका दुई वटा ट्यांकर नेपाल भित्रिएको छ ।
त्यस्तै एलपी ग्यासका चार वटा बुलेट पनि भित्रिएका छन् । मंगलबार राति १० बजेसम्ममा अरु सामान बोकेका ९६ वटा गाडी पनि भित्रिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु