रसुवागढी नाकाबाट ब्यापारिक कारोबार सुरु

२०७२ कार्तिक २४ गते, मंगलवार

काठमाडौं,२४ कात्तिक । आजदेखि रसुवागढी नाकाबाट चीनसँगको ब्यापारिक वस्तुको आयात पनि सुरु भएको छ । भूकम्पपछि बन्द रहेको नाकाबाट पहिलोपटक ब्यापारिक वस्तु आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । केही समयदेखि चीनले दिएको पेट्रोल मात्र आइरहेको रसुवागढी नाकाबाट मंगलबार तीन कन्टेनर स्याउ नेपाल भित्रिएको छ ।
भूकम्पका कारण बाटोमा पहिरो खसेपछि चीनको केरुङबाट रसुवागढी हुँदै हुने व्यापारिक आयात सुचारु हुन सकेको थिएनन् । दिउँसो रसुवागढी भन्सारमा स्याउ बोकका ३ वटा कन्टेनर आइपुगेको रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले बताए । सोमबार २७ वटा ब्यापारिक कन्टेनर ब्यापारीहरुका सामान लिन केरुङ गएका थिए । यस्तै बेलुकीसम्म २५ वटा ट्यांकरले केरुङबाट पेट्रोल पनि ल्याउने प्र्रमुख पनेरुले बताए ।

प्रतिक्रियाहरु