खाने तेलको हाहाकार

२०७२ कार्तिक २३ गते, सोमबार

काठमाडौं,२३ कात्तिक । बजारमा खाने तेलको अभाव बढ्दै गएको छ । आयात कम हुँदा १५-२० दिनदेखि खानेतेलको अभाव बढ्दै गएको व्यावसायीले बताएका छन् । तिहारको बेला धेरै चाहिने खाने तेल पाउन छोडेको र पाउँदा पनि दोब्बर तेब्बर मूल्य पर्ने उपभोक्ताको गुनासो छ । खाने तेल र दालको मूल्य अहिले आकाशिएको छ भने कालोबजारी पनि बढ्दै गएको छ ।
सरकारले प्रभावकारी अनुगमन नगर्दा महंगी बढेको उपभोक्ताको गुनासो छ । तर अनुमगन गर्ने निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले भने अनुगमन भैरहेपनि बजार सामान्य अवस्थामा नभएकाले समस्या भएको प्रतिक्रिया दिएको छ । माग अनुसारका दैनिक उपभोग्य सामान नहुँदा अनुगमन प्रभावकारी बन्न नसकेको विभागको भनाई छ । विभागले महांगोमा दाल खरिद गर्नु भन्दा त्यसको विकल्पमा गेडागुडी तथा सागसब्जीको उपभोग बढाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रियाहरु