सुन तोलाको ४९ हजार

२०७२ कार्तिक २२ गते, आईतवार

काठमाडौं, २२ कात्तिक । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले आज सुन तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ४९ हजार रुपैयाँमा कारोबार भैरहेको जनाएको छ । शुक्रबार तोलामा ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरि घटेको हो । यसअघि गएको हप्ताको पहिलो दिन आइतबार तोलाको ५० हजार ५ सय रुपैयाँ रहेको सुन त्यसयता लगातार घटिरहेको छ । सोमबार सुनको भाउ स्थिर रह्यो भने मंगलबार ५० हजार ३ सय ५० रुपैयाँमा झर्यो ।
बुधबार ३ सय ५० रुपैयाँ घट्दै ५० हजारमा कारोबार भएको सुन विहिबार फेरि ५ सयले घटेर ४९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै अस्ति शुक्रबार एक सय रुपैयाँले घट्दै ४९ हजार ४ सय रुपैयाँमा सुन किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको सुनचाँदी व्यवसायीले बताएका छन् । यस्तै सुनको अत्यधिक माग हुने एशियाली राष्ट्रहरु चीन, भारत, दक्षिण कोरियामा आर्थिक मन्दी एवं आर्थिक गतिविधि सुस्त भएकाले पनि नेपाली बजारमा भाउ घटेको व्यवसायीको भनाई छ ।
आज चाँदीको भाउ पनि घटेको छ । यसअघि तोलामा ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय रुपैयाँ छ ।

प्रतिक्रियाहरु