पेट्रोल लिन थप ट्याङकर केरुङ्ग जादै

२०७२ कार्तिक २२ गते, आईतवार

काठमाडौं, २२ कार्तिक । सनिबार पेट्रोल लिन २३ वटा ट्याङकर केरुङ गएका छन् भने हिजोनै सातवटा ट्याङकर मार्फत ६६ हजार लिटर पेट्रोल काठमाडौं आएको छ । काठमाडौं ल्याइएका सबै पेट्रोल थानकोट डिपोमा संकलन गरिएको छ । आज पनि काठमाडौंबाट पेट्रोल लिन थप ट्याङकर रसुवा जाँदैछन् ।चीनबाट ल्याइएको पेट्रोलबाट हालसम्म १ करोड १५ लाख रुपैयाँ राजश्व संकलन भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
चीनले अनुदानमा दिएको १३ लाख लिटरमध्ये हालसम्म ४ लाख ७ हजार लिटर पेट्रोल नेपाल भित्रिएको छ । अहिलेसम्म ४४ वटा ट्याङ्करले केरुङबाट ४ लाख ७ हजार लिटर पेट्रोल काठमाडौं ल्याएको आयल निगमले जनाएको छ । निगमका अनुसार चीनले अनुदानमा दिएको मध्ये अझै ९ लाख लिटर पेट्रोल ल्याउन बाँकी छ ।

प्रतिक्रियाहरु