एक अर्बभन्दा बढी मूल्यका सामान चीनबाट नेपाल भित्रिदैं

२०७२ कार्तिक २० गते, शुक्रबार

काठमाडौ, २० कात्तिक । नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ । नेपाल–चीन केरुङ व्यापार संघका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा बढीको तयारी पोसाक, लसुन, स्याउलगायत सामग्री नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएको छ । नेपालका लागि ल्हासाबाट चिनियाँ भू–भागको ढुवानी गर्ने जिम्मा लिएको सो ट्रान्सपोर्टका कम्पनीका प्रबन्धक स्याङ् सेपिङले ढुवानी कार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका कारण रसुवागढी नाकाबाट निर्वाधरुपमा सामान आउने सचिव पौडेलले बताए । – रासस

प्रतिक्रियाहरु