कम्युनिस्ट सरकार हो भन्नु गलत – हस्तबहादुर केसी

२०७२ कार्तिक २ गते, सोमबार

वर्तमान एमाले,एमाओवदी, तराई लोकतान्त्रिक ( फोरम) समेतको सरकार दलाल तथा नोकरशाह पुजिपति वर्गको सरकार हो, किनकी एकातीर राज्य संचालन गर्ने मुलनकके मूल का, कानुन भरखरै जुन जारी गरिएको छ । यो संविधान त्यही दलाल तथा नोकरशाह पुजिपति वर्गले आफ्नो वर्गीय सत्ता सञ्चालन गर्न र टिकाउनका लागि जारी गरेका छन् । त्यही दलाल तथा नोकरशाह पुजिपति वर्ग र सामन्त वर्गको हित रछ्या गर्ने गरी एमाले,एमाओवादी,राप्रपा नेपाल र मधेशी (लोकतान्त्रिक फोरम) समेतको पश्चगामी गठबन्धन सरकार गठन गरिएको छ ।
संविधान पश्चगामी बनाएपछि सरकार प्रगतिशील अर्थात कम्यननिस्टको बन्ने कुरै भएन । यो त दार्शनिक कुरा पनि हो। अर्को तिर एमाले संशोधनबादी पार्टी हो भने एमाओबादी नवसंशोधनबादी पार्टी हो । राप्रपा पुनरूत्थानबादी सामन्तवर्गको प्रतिविधित्व गर्ने पार्टी हो । त्यसैले यो सरकार कम्युनिस्ट सरकार होइन ।
यहा केही भ्रमहरु पैदा हुन थालेका छन् । यो वर्तमान सरकार कम्युनिस्ट सरकार हो भन्ने यो गलत कुरा हो । नेपालमा अझै पनि नेपाली क्रान्ति सम्पन्न भएको छैन ।
नेपाल अझैपनि अर्धसामन्ति र नवऔपनिवेशी अवस्थामै छ । यस प्रकारको मुलुकमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति हो । यस क्रान्तिका नेतृत्व कम्युनिस्ट पार्टी ले गर्ने हो । अाज नेकपा माओवादीले नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व गरिरहेको छ।
आज दलाल तथा नोकरशाह पुजिपति वर्ग र सामन्त वर्ग नेपाली जनताको घरेलु दुश्मनको रुपमा उपस्थित भएको छ भने साम्राज्यवाद र विस्तारवाद नेपाली जनताका वाह्य दुश्मनका रुपमा उपस्थित हुन पुगेका छन् ।
आज कम्युनिस्टहरुको नाममा संशोधनवादीहरु सत्तामा पुगेका छन् । महान लेनिनकै शव्दमा संशोधनवादीहरूले अन्तिममा प्रतिक्रियावादीकै सेवा गर्दछन् । यो कुरा महान् दश वर्षे जनयुध्दको वेला होस या अहिले प्रतिगामी संविधान वनाउने काममा नेपालका संशोधनवादीहरुले प्रतिक्रियावादीहरुलाई नै सहयोग गर्दै आएका छन्।
आज कम्युनिस्ट सरकार बनेपछि जनताको गास,वास र कपडाको हल हुन्छ भन्ने कुरा बुझियो भने यो गैरमालेमावादी विचार हुनेछ र यो दृ्ष्टिकोण बैचारिक दरिद्रतामा परिणत हुनेछ ।
आज जनवादी तथा देशभक्तहरुको सरकार भनेर कम्युनिस्ट भनिनेहरुवाटै प्रचार गरिन थालिएके छ । यो पनि वैचारिक दरीद्रताको परिणाम हो । किनकी २०५३ सास असोज ४ गते महाकाली नदी भारतलाई बेच्ने एमाले, २०६८ साल कार्तिक ४ गते भारतसित राष्ट्रघाती विप्पा सन्धि गर्ने एमाओवादी र सन १९६२ मा नेपालको कालापानीना भारतीय सेना क्याम्प राख्ने अनुमति दिने दरवारीय शक्तिहरु अहिले सत्तामा पुगेका छन । यिनिहरुलीई जनवादी तथा देशभक्त देख्नु भनेको राष्ट्रघतीलाई सहयोग गर्नु हो ।
नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिना़कत्व सहीतको जनवादी गणतन्त्र नेपालको निर्माण गरे पछि मात्र नेपालमा कम्युनिस्ट सरकार बन्ने छ । तर ,अहिलेसम्म त्यस्तो हुन् सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु