आजदेखि निजी सवारी साधनलाई पेट्रोल नदिइने

२०७२ आश्विन १४ गते, बिहीबार

काठमाडौ, १४ असोज । आजदेखि काठमाडौ उपत्यकामा निजी (रातो प्लेट भएको) सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिइने भएको छ । गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरणको हिजो बसेको बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र विश्वविद्यालयका गाडीहरुलाई इन्धन उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आयल निगमसँग भएको इन्धनको मौज्दातलाई ध्यानमा राखेर त्यस्तो निर्णय गर्नुपरेको बताउनुभयो । यो निर्णयमाथि तीन दिनपछि पुनर्विचार हुने बताइएको छ ।
सार्वजनिक यातायातका सवारी साधनलाई भने जोर÷बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइनेछ । विद्यालयका गाडीहरुले समेत पेट्रोलियम पदार्थ नपाउने भएपछि देशभरका विद्यालय र विश्वविद्यालयका पठनपाठन प्रभावित हुने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु