निजी सवारीले पेट्रोल नपाउने

२०७२ आश्विन १३ गते, बुधबार

काठमाण्डौ,१३ असोज । नेपाल आयल निगमले भण्डारण गरेको पेट्रोलियम पदार्थ सकिन थालेपछि सरकारले भोलीबाट निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुनर्बिचार गर्न आज गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले अत्यावश्यक समान ढुवानी गर्ने बाहेक ट्रक र ट्रिपरलाई पनि तेल नदिने निर्णय गरेको हो ।
सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल दिने निर्णय गरीएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । भारतले अघोषित नाकाबन्दी लगाएपछि तेलमा कोटा प्रणाली लगाएको सरकारले अब निजी सवारीलाई तेल बिक्री रोक्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु