कालो दिन बन्दैछ असोज ३ – – हस्तबहादुर के.सी.

२०७२ भाद्र ३१ गते, बिहीबार

नेपालको राजनीतिक इतिहासमा २०७२ साल असोज ३ गते कालो दिन बन्दैछ । यसै दिन नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादीहरूका दलालहरूले इतिहासमै कालो संविधानको घोषणा गर्दै छन् । आफूलाई जनताका सेवक ठान्ने र प्रजातन्त्रका दुहाई दिँदै आएको नेपाली कांग्रेस, २०२८ सालमा उत्पन्न भएको झापा विद्रोहको जगमा टेकेर एक जमानामा ठूलो कम्युनिष्ट पार्टी बन्न पुगेको र बीचको अवधिमा दक्षिणपन्थि संशोधनवादको बाटो हुँदै प्रतिक्रियावादी बन्न पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र २०५२ देखि २०६२ सालमा महान जनयुद्धको नेतृत्व समेत गर्न पुगेका र नेपालको वामपन्थि आन्दोलनमा एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मुख्य नेतृत्व गर्दै महान दश वर्षे जनयुद्धको व्याज खान ज्यादै सिपालु बन्दै आएका वर्तमान एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्व गरिरेहेका पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई उर्फ एमाओवादीको मिलो मतो, साँठ गाँठ र योजना बमोजिम यही २०७२ साल असोज ३ गते आइतबार साँझ ५ बजे नेपालको इतिहासमै कालो संविधान, पश्चगामी, प्रतिगामी एवं प्रतिक्रियावादी संविधान जारी गर्ने तयारी भइरहेको छ । त्यसैले यस वर्षको असोज ३ गते आइतवार नेपाली समाजको इतिहासमा र नेपाली राजनीतिको इतिहासमा कालो दिन आउँदै छ भनिएको हो । यसकारण यस वर्षको असोज ३ गतेका दिनलाई कालो दिन भनिएको हो, काँग्रेस, एमाले र एमाओवादीको मिलोमतो, इच्छा योजना बमोजिम यस प्रकारको कालो संविधानको विरोध गर्ने, यस प्रकारको पश्चगामी र प्रतिगामी संविधान छल्न भनेर विरोध गर्नेमा बुटवल निवासी ४ वर्षीय चन्दनकुमार पटेलको समेत टाउकोमा गोली हानी हत्या गर्दै नेपाली जनताको रगतको आहालमा टेकेर संविधान घोषणा गर्न लागिएकोले ३ असोजलाई कालो दिन भनिएको हो । सुर्खेत, जुम्ला, कैलाली, बाँके, वर्दिया हुँदै समग्र मधेशी जनताका टाउकोमाथि गोली वर्षाउँदै दर्जनौको हत्या, सयाँैको ज्यान, घाइते र अंगभंग पार्दै यस प्रकारको कालो संविधान ल्याउन थालिएको नेपालको इतिहासमा यो पहिले परिघटना हो । यो परिघटनाले महान दश वर्षे जनयुद्ध र २०६२÷२०६३ को १९ दिने ऐतिहासिक जन आन्दोलनको म्यान्डेट र नेपाली जनताको भावना र चाहना तथा मुलुकको आवश्यकता विपरित, नेपाली जनताको नयाँ नेपाल निर्माण गर्ने महान तथा सुन्दर सपनालाई चकनाचुर पार्ने गरि, नेपाली जनताको करीव ७५ वर्षदेखिको लडाई रगत र पसिनामाथि होली खेल्दै र महान् जनयुद्धको प्रक्रियामा नेपाली धर्तिको स्वतन्त्रता तथा स्वधिनता एवं आम नेपाली जनताको मुक्तिको खातिर आफ्नो रगत नेपाली धर्तीमाथि रगत बगाउने महान शहिदहरूको रगतमाथि होली खेल्दै तथा महान जनयुद्धको प्रक्रिया अन्तर्रगत हजारौँको संख्यामा ज्यान विपत्ता पारिएका र घाइते–अपाङ्ग बनाइएका हजारौ नेपाली नागरिकहरूको टाउको माथि गीर खेल्दै एमाओवादीको योजना संगलग्नता तथा प्रचण्ड–बाबुरामको मतियारमा नेपली काँग्रेस, एमाले लगायतका साम्राज्यवादी तथा विस्तारवादीहरूको नेपाली दलालहरूको यो पश्चगामी तथा प्रतिगामी संविधान घोषणा गर्न लागेका कारण २०७२ साल असोज ३ गतेको दिन नेपालको इतिहासमा सबैभन्दा कालो दिन बन्दै छ ।
जसले महान दश वर्षे जनयुद्धको वैचारिक, राजनीतिक, सांगठनिक नेतृत्व गर्दे आयो, जसले संविधानसभालाई अगाडी सारेर राष्ट्रिय एजेण्डाको रुपमा विकास गर्न सक्यो र नेपालमा पनि संविधानसभाबाट जनताको संविधान बन्ने वातावरण बन्न पुग्यो र २०६४ चैत्र २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न भएर संविधान सभामा माओवादी सवैभन्दा ठूलो पार्टी बन्ने अवसर मिल्यो, यी सबै कुरालाई लत्ताएर महान दश वर्षे जनयुद्धको नेतृत्व समेत गर्दे आएका पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम यस प्रतिगामी, पश्चगामी कालो संविधान निर्माण प्रक्रियामा संसारमै कुख्यात मतियार बन्न पुग्नु र महान जनयुद्धको नाम निशान सम्म पनि बाँकी नराख्ने उद्देश्यले संकटकालको घोषणा गरि देशव्यापी रुपमा तत्कालीन शाही नेपाली सेना परिचालन गरेर नेपाली आमाका दशौँ हजार असल तथा आँटी छोराछोरीहरूको हत्या गर्ने र माओवादी नेताका लाखौ रुपिँयामा टाउको मूल्य तोक्ने काँग्रेस–एमालेसँग काधमा काध जोडेर, कुममा कुम जोडेर, चोचोमा मोचो मिलाएर यस प्रकारमो कालो, जनघाती, राष्ट्रघाती तथा प्रतिगामी संविधान बनाउन पाइन्न भन्दै सडकमा उत्रेर आवाज बुलन्द पार्ने वुटवलका ४ वर्षे नाबालका चन्दनकुमार पटेल लगायत दर्जनौ नेपाली धर्तीका सपूतहरूको टाउकोमा गोली हान्ने कार्यमा मतियारको रुपमा हिजो जनताको संविधान बनाउनका लागी जनताको रगतमा टेकेर जनयुद्धको ज्वाला भित्रैवाट संविधानसभाको माग अगाडी सार्ने प्रचण्ड–बाबुराम समेत यस प्रकारको प्रतिगामी, पश्चगामी र राष्ट्रघाती तथा जनघाती संविधान निर्माण र घोषणाका मूख्य मतियार बन्न पुगेकाले संविधानसभाको इतिहासमै नेपालमा २०७२ साल असोज ३ गते कालो दिन बन्दै छ । किनकि आजसम्म संविधानसभाबाट ४२ देशमा जनताका नयाँ संविधान बनेको इतिहास छ र ती देशहरूमा संविधानसभाले राजनीतिक रुपमा सक्रमणकालको अन्त्य गरेर ती ती देशहरूको परिस्थिति, राजनीतिक शक्ति सन्तुलनका आधारमा नयाँ युगमा प्रवेश गरेको इतिहास छ र ती देशरुमा एउटा पनि गोली नपड्कीएर आम जनताको सहमति र खुशीमा संविधानसभाबाट नयाँ संविधान बनेको इतिहास छ । तर नेपालमा जनताको नयाँ संविधान बनाउने निहुमा दर्जनौ जनताको टाउकामा गोली ठोकेर निर्दयतापूर्वक हत्या गर्दै, घाइते र अपाङ्ग तुल्याउँदै दर्जनौ जिल्लाहरूमा कर्फू र निषेधाज्ञा जारी गरेर नेपाली सेना परिचालन गरेर बन्दुको नालभित्रबाट कालो संविधान, प्रतिगामी संविधान घोषणा गर्न लागिएको हुनाले २०७२ साल असोज ३ गतेलाई कालो दिन बन्दै छ भनिएको हो ।
महान दश वर्षे जनयुद्ध गरेर आएको नेपाल कम्युनिष्ट पार्टी–माओवादी लगायतका नेपालका क्रान्तिकारीहरूलाई पाखा राखेर पश्चगामी तथा प्रतिक्रियावादीहरूले आजको २१ औँ शताब्दीको दोस्रो दशकमाम पुगेर संविधान सभाबाट संसारमै सवैभन्दा कालो, सवैभन्दा पश्चगामी, सबैभन्दा प्रतिगामी राइफलको गोलीद्वारा प्रतिक्रियावादी संविधानको घोषणा यही २०७२ साल असोज ३ गते नेपाली जनताका शत्रु शक्तिहरूले प्रतिगामी संविधान घोषणा गर्ने दिन तोकेका हुनाले यस दिनलाई कालो दिनको रुपमा परिभाषित गरिएको हो ।
बृहत शान्ति सम्झौता भंग गर्दै कालो संविधान बनाउन तयार हुने, जनमुक्ति सेनाको विघटन गराउने, जनमुक्ति सेनाका हतियार प्रतिक्रियावादी सत्तालाई बुझाउँने, बृहत्त शान्ति सम्झौता भंग गर्न र अन्तरिम संविधान २०६३ को विरुद्ध जान काँग्रेस–एमालेलाई मतमत्याउने, महान दश वर्षे जनयुद्धको नेतृत्व गर्दै आएका प्रचण्ड–बाबुराम र उनिहरूले नेतृत्व गर्दै आएको एमाओवादी समेत काँग्रेस, एमालेको कित्तामा दर्ज भएर जनताको रगतमाथि होली खेल्दै प्रतिगामी संविधान ल्याउन लाछाप लाउन पुगेकाले नै २०७२ साल असोज ३ गतेको दिनलाई राजनीतिक इतिहासमा कालो दिन बन्दैछ भन्न खोजिएको हो ।
देश टुक्रिए टुक्रिन्छ, जिल्ला टुक्रिए टुक्रिन्छ, केही मतलब छैन, दलादहरूलाई मात्र चिन्ता छ आफ्ना महाप्रभुहरूको सेवा चाकरी गर्नु । यो प्रतिगामी संविधान साम्रज्यवादी तथा विस्तारवादीहरूको ग्राण्ड डिजाइनमा बन्दै छ भनेर हामीले हिजैदेखि आवाज उठाउँदै आएका थियौँ, आज त्यो प्रमाणित हुन पुगेको छ । यता देशभित्र कर्फू जारी छ, सेना परिचालन गरिएको छ, ४ वर्षे दुधेबालकहरूलाई समेत पुलिसले गोलीले भुट्दैछ । उता अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादी शासकहरूले प्रेस वक्तव्य निकाले यही २०७२ असोज ३ गते घोषणा गरिने भनिएको, कालो तथा प्रतिगामी संविधानको स्वागत गर्दे हिँडेका छन् । र नेपालस्थित आफ्ना दलालहरूलाई काँग्रेस, एमाले, एमाओवादीहरूलाई बधाई तथा धन्यवाद दुवै दिइरेहेका छन् ।
राष्ट्रपति डा. रामवरण यादव २०७२ असोज ३ गते संविधानसभा भवन नया बानेश्वर जाने र कालो संविधान घोषणा गर्ने पक्षमा छैनन् । तर दलालहरूलाई भने संविधानसभाबाटै दबाव दिएरै भए पनि राष्ट्रपतिलाई बानेश्वर पु¥याएर जवजस्त कालो संविधानमाथि हस्ताक्षर गर्न लगाएर घोषणा गर्न लगाउने तयारी गरिरहेका छन् । दलालहरूले त्यस दिन संसारका आफ्ना मलिक र महाप्रभुहरूलाई नेपाल आउन निमन्त्रणा समेत गरि सकेका छन् ।
आफ्ना विदेशी महाप्रभुहरूलाई अगाडी राखेर नेपालका यी आधुनिक दलालहरूले सेना लगाएर, पुलीसबाट गोली ठोक्न लगाएर, जनताको रगतको खोलो बगाएर भए पनि जुन यही असोज ३ गते कालो संविधान ल्याउने र धेरै दिनसम्म खाउला, रमाउला भन्ने सोचेका छन् यो विल्कुल गलत सोंच हो । राणाहरूले पनि युगौसम्म खाउला, कमाउला भनेर जनताको छोराछोरीहरूलाई झुण्ड्याउदै छातीमाथि गोली ठोक्दै सत्ता चलाएका थिए । २००७ सालपछि राणाहरू रक्षणमुनि पुरीए, पञ्चायतीहरूले युगौसम्म खाउला पिउला भनेर तानाशाही तथा फाशिष्ट सत्ता चलाएका थिए, तर २०४६ साल पछि पञ्चहरू रक्षणमुनि पुरिए । राजा ज्ञानेन्द्रले युगाँै सम्म खाउला पिउँला भनेर निरकुंश तथा अधिनायकवादी सत्ता चलाएकै थिए्, उनि पनि २०६३ पछि उही राणा, पञ्चहरू पुरिएको रक्षणमुनि पुरिन पुगे । आजका राणा, पञ्च र ज्ञानेन्द्रको रुप धारण गरेका कांग्रेस एमाले, एमाओवादी भूतहरूलाई पनि उही राणाहरू, उही पञ्चहरू र उही राजा ज्ञानेन्द्र पुरिएको नेपाली जनताको रक्षणमुनि पुरिन उनिहरूलाई कसैले पनि रोक्न सक्ने छैन, किनभने विश्व मानव समाजको इतिहासको नियम यस्तै छ । अहिले त त्यो रक्षणको खाडल जनताले खनी सकेका छन् । यी आधुनिक दलालहरूलाई छिटै पुर्ने कुरामा धेरै शंका गर्नु पर्ने छैन ।
एउटा वास्तविकता के हो भने हामी कम्युनिष्टहरूले संसद भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल हो भन्दै आएका छौ, यो कुरो आज नेपालको संसदीय व्यवस्थाबाट पनि पुष्टि हुन पुगेको छ । साथै हामीले संसदीय व्यवस्था भनेको ढाँटहरूको, सिल्लीहरूको, जालीझेलीहरूको र षड्यन्त्रकारीहरूको व्यवस्था हो भन्दै आएका छौ यो कुरा पनि वर्तमान नेपालको संसदीय व्यवस्था र संविधानसभाबाट पुष्टि हुन पुगेको छ । किनकि जनतालाई छलेर, ढाँटेर बिना सिमाङ्कन, बिना नामाङ्कनको प्रान्तिय राज्य भन्दै एउटा जाली संविधान यहि असोज ३ सार्वजनिक गर्दैछन्, यो ज्यादै लज्जास्पद कुरा हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु