रास्ट्रपति रास्ट्र बचाउ – धनबहादुर चन्द

२०७२ भाद्र ३० गते, बुधबार

सम्माननिय रास्ट्रपति ज्यू
नमस्कार !
आज हाम्रो देश निकै जटिल तथा राजनितिक चङ्गोल र भुमरिमा फसिरहेको छ। ‘ घरफुटे गवार लुटे’ भन्ने लोकउक्ति जस्तै बैदेसिक सक्तिकेन्द्रको निसाना भनेको छ, झन्डै झण्डै आठ दस बर्ससम्म लामो संक्रमण र अकर्मन्यतामा रुमलिरहेको आजको हाम्रो देसको परिस्थितिलाई रास्ट्रपतिको भुमिकाको खाचो परेको छ । सदियौदेखि नेपाली जनताले झेल्दै आएका बिभिन्न हत्या, आतङ्क, दमन, शोषण, अत्याचारजस्ता अपराधिक घटनाको समाधानको केन्द्र सम्बिधानसभावाट सम्बिधान भन्ने अपेक्षाबोकेका नेपाली फेरिपनि निरास भएका छौ। यहाका जनताका हरेक समस्यासङ्ग लड्नसक्ने शासन ब्यबस्थाकोलागि सङ्घर्स गर्दै आएका जनताको मागको सम्बिधानमा अनिबार्य सुनिस्चित हुनुपर्यो। सदियौदेखि दासत्वको जीवन जिउन बाध्य मधेसी, मुस्लिम, अल्पसंख्यक , उत्पिडितजस्ता समुदायको जिवनस्तर उकास्नकोलागी बैधानिकताको मुल्यान्कनको आधार बलियो हुन जरुरी भएको छ। यसकोलागी उचतम निकाय भने कै सम्बिधान हो ।एउटा रास्ट्रका जनताहरु जात-जाती, भाषा , धर्म, लिङ्ग आदिको कारणले भेदभाब कदापी हुनहुदैन। चार जात छत्तिस वर्णले भरिपुर्ण र सजिसजावट मुलुकलाइ ब्यक्तिगत स्वर्थको राजनितिको कारण सङ्कटमा परेको कुरा साचो हो र यस्तो समयमा रास्ट्र प्रमुखको भुमिका के ?
नेपालका गरिब मजदुरहरु आफ्नो दासत्वबाट मुक्तिकोलागी सरकारलाइ गुहार्दा निर्ममतापुर्बक हत्या भैरहेका छन। त्यो सरकार पक्ष होस या जनता पक्ष होस ज्यादै निन्दनिय छ । यसघडिमा तपाईं रास्ट्रप्रमुखको भुमिका के ? देसको यस्तो सङ्कटा पूर्ण अबस्थामा, नेपाल आमाको छतिमा गोलि पट्किदा यहाका मध्यस्थकर्ता माफिया ,मानव अधिकारकर्मी भनाउदा कानमा तेल हालेर आलिसान महलमा सुतिरहेका छन। मुलुक कम्जोर भएको मौका छोपी भु-माफियाहरुको सहायतामा छिमेको मित्ररास्ट्रहरुले सिमाअतिक्रमण गरिरहेका छन। हरेक दिन सिमा क्षेत्रका जंगेपिलरहरु हराइरहेका छन । तरपनि सरकार मौन छ ,यस्तो अबस्थामा रास्ट्रप्रमुखको भुमिका के ? देसका हरेक महत्वपूर्ण क्षेत्रहरुमा माफियाकरण , भ्रष्टाचार, दललिकरण , लुट्पाट, हत्याहिँसा , आदिजस्ता क्रुर जघन्य अपराध फस्टाउदो छ । तरपनि यहाका नेताभनाउदा क्रुर बन्दैछन ,यो परिस्थितिमा तपाईंको दायित्व के ? पक्राउको पुर्जी जारी गरिएका अपराधिकहरुलाइ सजायको साटो छपामारेर हत्या गर्न आदेस गर्ने गुन्डागर्दी शैली र दासत्वको रितिले नेपाललाइ छोडेको छैन किनकि आजका उच्चपदस्थ नेतागणहरु तिनै हुन जो हिजोका पन्चायती पन्चका मुखियाहरी थिए ।
सम्माननिय रास्ट्रपतिज्यु त्यसैले आज यो दुनियामा एउटा सच्चा रास्ट्रप्रमुखको भुमिकाको निकै अहम भुमिका छ । नेपाल आमा रोइरहदा तीन करोड नेपालीको आखाबाट आँसु झरेको छ। तराइमा गोलिचल्दा नेपाल आमाको छातो दुखेको छ, यो संक्रमणकालको समयमा निस्वार्थ भाबले नेपाली जनता र नेपाल आमाको उपमा बचाउन रास्ट्रपतिज्युलाई अनुरोध गर्दछु।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु