चिनिया कम्युनिष्ट पार्टीसंगको बहस – हस्तबहादुर केसी

२०७२ भाद्र २६ गते, शनिबार

चीनको राजधानी बेइजिङ्ग पुगेर मैले चिनिया कम्युनिष्ट पार्टीसँग नेपालमा किन फुट्छन् कम्युनिष्ट पार्टीहरु ? नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनको अबस्था र नेपाली नयाँ जनवादी क्रान्तिका बारेमा ब्यापक बहस चलाएँ । नेपालमा निमार्ण गरिने जनमुक्ति सेना र नेपाली नयाँ जनवादीको भविष्य र छापामार युद्धको बारेमा समेत ब्यापक बहस चलाईयो । साथै संसदवादी राजनैतिक दलहरुले घोषणा गर्ने तयारी गरिरहेको पश्चगामी तथा प्रतिगामी संधिान र त्यसपछिको नेपालको राजनैतिक अवस्था कस्तो होला ? भन्ने विषयमा पनि व्यापक रुपमा बहस चलाइयौं । यसका अतिरिक्त दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरु र तिनिहरुको भविष्यका बारेमा र भारतमा भारतीय कम्युनिष्ट पार्टी (माओबादी) ले संचालन गरिरहेको जनयुद्धकाबारेमा पनि ठूलो बहस चालायौं । साथै कम्पोसा, क्रान्तिकारी आन्तर्राष्ट्रिय आन्दोलन (रिम) का बारेमा पनि व्यापक रुपमा बहस चलायौं ।

चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा र हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी–माओबादीको निर्णय बमोजिम मेरो नेतृत्वमा नेकपा–माओबादीको पाँच सदस्यीय एक चीन अध्ययन भ्रमण टोली १४ जुलाई २०१५ (२०७२ असार २९ ) का दिन चीनको राजधानी बेइजिङ्ग पुगेको थियो । टोलीका अन्य सदस्यहरुमा नेकपा–माओबादीका केन्द्रिय सदस्य द्वय देवेन्द्र श्रेष्ठ र कुमारी मोक्तान, कास्की जिल्ला सचिव अर्जुन छन्तेल र भोजपुरकी दुर्गा राई हुनुहुन्थ्यो । साथै नेकपा (माले) नेमकिपा र नेपाली काँग्रेसबाट पाँच÷पाँच जना प्रतिनिधिहरु पनि त्यस अवसरमा चिनमा पुगेका थिए ।

हामी चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले चिनको राजधानी बेइजिङ्गमा १४ र १५ जुलाई २०१५ (२९ र ३० साउन २०७२) मा आयोजना गरिने “चिनिया विशेषता सहितको समाजबाद र चिनको बर्तमान अर्थ–राजनीति” बिषयक सेमिनारमा भाग लिनका निम्ति हामी चिनको राजधानी बेइजिङ्ग पुगेको थियौं ।

१४ जुलाई २०१५ का दिन चिनिया कम्युनिष्ट पार्टीको Central Compilation and Transformation Bureau ले बेइजिङमा आयोजना गरेको “चिनिया विशेषता सहितको समाजबाद” को आर्थिक नीतिबारे अर्थ–विज्ञ (Expert) हरुले चिनको विगत, बर्तमान र भविष्यको योजना समेत प्रस्तुत गरेका थिए । उनीहरुले माओको नेतृत्वमा सन १९६६–१९७६ सम्म संचालीत सर्वहारा साँस्कृतिक क्रान्तिले चिनको विकासको गतिलाई पछाडि परेका,े सन् १९७८–१९८० मा चिनले भोगमरिको सामना गर्नु परेको, १९९६ देखि २००३ सम्म चिनले तेस्रो विश्व युद्धको लागि तयारी गर्दा आर्थिक रुपमा चिन पछि परेको तर २००३ मा WTO अन्तर्राष्ट्रिय व्यापार संगठनको सदस्यता लिए पश्चात सन २००६ देखि चिनले आर्थिक रुपमा दुर्तगतिले विकास गरेको र अहिले चिन विश्वकै दोस्रो धनि राष्ट्र भएको बताएका थिए । र चिनीया जनता सरदर प्रतिव्यक्ति आय सातहजार अमेरिकी डलर रहेको बताइएको थियो । ५१ प्रतिशत चिनीया जनतालाई शहरी कारण गरी सकिएको र आगामी १० बर्षमा ७१ प्रतिशत जनालाई शहरीकरण गरी सक्ने चिनिया नीती रहेको र छिट्टै सम्पूर्ण जनतालाई शहरीकरण गरि सक्ने र शहर र गाउँको अन्तरलाई छिट्टै हटाउने चिनीया निती रहेको बताईएको थियो । साथै उद्योग व्यवसायमा ६५प्रतिशत निजी लगानी रहेको र ३५ प्रतिशत सरकारी लगानी रहेको तर सरकारी लगानीको व्यवस्थापन लथालिङ्ग भएको र नीजी लगानीको व्यवस्थापन राम्रो रहेकाले छिट्टै सवै लगानीलाई निजिकरण गरी सक्ने चिनीया नीती रहेको बताइएको थियो । र व्यापार व्यवासाय र पर्यटन व्यावसायलाई मूख्य रुपमा बढुवा दिइएको बताइएको थियो ।

उक्त सेमिनारमा प्रस्तुत गरीएको चिनको बर्तमान अर्थ राजनितीको डाटालाई हेर्दा चीनमा वर्ग उ्तथान भइसकेको, चीन समाजवादी शिविरबाट एकाधिकार पुजीवादीतिर अगाडि बढिरहेको विश्लेषण सहितको पार्टी विचार मैले र अन्य राजनीति पार्टीका साथीहरुले अन्तरक्रियाका माध्यमबाट राखेपछि व्यापक वहस भएको थियो । चिनयाँहरुले चीनया बिषेशताको समाजवादको आर्थिक नीति सही भएको १५ जुलाई २०१५ (३० असार २०७२) का दिन चिनको राजधानी बेइजिङमा चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रि विभागका उपमन्त्री दाओ इन्योङ DOU ENYOUNG को उपस्थितिमा र चिनिया कम्युनिष्ट पार्टी अन्टरािष्ट्रय विभागको व्यूरो १ का जनरल डाइरेक्टरको समेत उपस्थितिमा चीनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागले आयोजना गरेको “चिनिया विशेषता सहितको समाज”नामक सेमिनारमा भाग लिएको थियो । मैले हाम्रो पार्टीको धारणा प्रस्तुत गरेको थिए भने अन्य पार्टीको साथीहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

उक्त सेमिनारमा प्रस्तुत गरिएको चिनियाँ विशेषता सहितको समाजवादका विशेषता र अघिल्लो दिनमा प्रसतुत गरिएको आर्थिक नीति समेत समग्र डाटा हेर्दा चिन समाजवादी मुलुक नभएर एकाधिकार पुजिवादतिर दौडी रहेको मुलुक रहेको विश्लेषण प्रस्तुत गरिए पछि ठूलै बहस चल्यो र चिनिया नेताहरले हामी चिनलाई “विश्वकै साझा चौतारी” निर्माण गर्न चहान्छौँ । यो नै चिनिया सपना China Drenam हो भनेका थिए र योजना पार्टीको १६ औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको बताएका थिए ।

१५ जुलाई २०१५ (३० असार २०७२) का दिन साँझ बेइजिङ स्थित म बसेको WANSHOU HOTEL(बान्सो होटेल) मा चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभाग एसियाँ व्यूरोका उप निदेशक तथा दक्षिण एशिया इन्चार्ज कमरेड WANG ZHENGर मेरो बीचमा लामो बहस भयो । उक्त बहसमा वाङ्गले नेपालका कम्युनिष्ट पार्टीहरु फुट्नुका कारण बारे ठूलो चासो र जिज्ञासाा राख्नुभएको थियो, मैले नेपालका कम्युनिष्ट पार्टीहरु फुट्नुको मुख्य कारण पार्टीको नेतृत्व गर्ने नेताहरुको सैद्धान्तिक बैचारिक स्तर कमजोर हुनु, माक्सवाद लेनिनवाद–माओवादको टपरटुयाँ तरिकाले अध्ययन गर्नु र मालेमावादलाई ग्रहण गरेर व्यवहारमा लागु गर्न नेताहरु कमजोर हुनु, आम पार्टी पंक्तिभित्र स्कुलिङ्ग योजनावद्ध ढंगले नचलाइनु, नेताहरुमा सैद्धान्तिक बैचारिक स्तर कमजोर भएका कारण छिट्टै दक्षिणपन्थि अवसरवादले प्रवेश गर्नु र त्यले व्यक्तिवादी महत्वकाक्षालाई बढाएर पार्टी फुटाल्ने तहसम्म पुग्न, पार्टी भित्र संचालन भएको दुइलाईन संघर्षलाई विचारधारात्मक रुपमा सही ढंगले हल गर्न नसक्नुका कारण नै नेपालका कम्युनिष्ट पार्टी फुटिरहकको तथ्य मैले प्रस्तुत गरेको थिए । मुख्य गरि नेताहरुको सैद्धान्तिक बैचारिक स्तर कमजोर हुनु नै नेपालका कम्युनिष्ट पार्टीहरु फुट्ने गरेका छन् भने विषयमा ठूलो बहस चलाएका थियौँ ।

वाङ्गले नेपालका कुन कुन कम्युनिष्ट पार्टीहरु क्रान्तिकारी र कुन कुन कम्युनिष्ट पार्टीहरु दक्षिणपन्थि संसोधनवादी हुन् ? भन्ने पश्न गर्नु भएको थियो । जवाफमा मैले हामै्र पार्टी नेकपा–माओवादी नै मूख्य गरि क्रान्तिकारी कम्युनिष्ट पार्टी हो र यस वाहेक मातृका यादवले नेतृत्व गरेको नेकपा(माओवादी, मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र परि थापाले नेतृत्व गरेको नेकपा (एकीकृत) पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीको पंक्तिमा रहेको छन् भने एमाले – ए. माओवादी मूख्य गरी दक्षिणपन्थि संशोधनवादी र नवसंशोधनवादी रहेको र अन्य साना कम्युनिष्ट घटकहरु पनि दक्षिणपन्थि संशोधनवादी रहेको र अन्य साना कम्युनिष्ट घटकहरुमा पनि दक्षिणपन्थि संशोधनवादी कित्तामै रहेको बारेमा पनि ठूलै बहस भएको थियो । उक्त भेटवार्तामा नेपालमा हाम्रो पार्टी सातौँ राष्ट्रिय महाधिवेशनबाट जनयुद्धको जगमा जनविद्रोहको कार्य दिशाबारेमा पनि व्यापक बहस गरियो र हाम्रो पार्टीको पहलमा निर्माण गरिने जनमुक्ति सेनाको निर्माण बारेमा पनि व्यापक बहस गरियो । छापामार युद्ध तथा नेपाली नयाँ जनवादी क्रान्तिका बारेमा पनि व्यापक बहस गरियो ।

कमरेड वाङ्गले जिज्ञासा र चासो राखे बमोजिम भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले सञ्चालन गरिरहेको सशस्त्र जनयुद्ध प्रति हाम्रो पार्टी नेकपा–माओवादीको एकक्यवद्धता रहेको तर उनीहरुको गतिविधि भूमिगत र सशस्त्र भएको अन्य विषयको आदान प्रदान भने नभएको बारेमा मैले पार्टीको धारणा राखेको थियो ।

कम्पोसा र रिमको बारेमा पनि वाङ्गद्वारा जिज्ञासा राखिएकोमा कम्पोसा हाम्रो पार्टीकै पहलमा महान दशवर्षे जनयुद्धको बेला निर्माण गरिएको तर अहिले निस्क्रिय रहेको र त्यसलाई पुनर्जागरण गर्ने हाम्रोा पार्टी योजना रहेको मैले प्रष्ट पारेको थिए । रिम भने लगभग विघटन भइसकेको र अर्काे क्रान्तिकारी अन्तराष्ट्रिय केन्द्रको निर्माणका लागि पहल गर्ने हाम्रो पार्टीले निर्णय गरि सकेको बताएको थिएँ ।

उक्त बहस र भेटवार्तामा मूलत नेपाल एउटा अर्थ सामान्ति र अर्ध नव औपनिवेशिक मूलक रहेको र यस प्रकारको अवस्थामा रहेको नेपालमा नयाँ जनवादजी क्रान्तिक नेपाली क्रान्ति मूख्य कार्यक्रम रहेको बारेमा बहस गरियो । नेपाली नयाँ जनवादी क्रान्तिका लागि जनमुक्ति सेनाको निर्माणको अनिवार्य आवश्यकता रहेको बारेमा व्यापक बहस गरियो तर दक्षिणपन्थि अवसरवाद र दक्षिणपन्थि संशोधनवाद नेपाली नयाँजनवादी क्रान्तिका लागि मूल्य बोधक रहेको विषयमा पनि व्यापक बहस चलाईयो । चिनिया कम्युनिष्ट पार्टी नेपालमा संचालन गरिने नयाँ जनबादी क्रान्ति प्रति सकारात्मक रहेको पाइयो ।

बहसकै क्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थि संशोधनवादी र नवसंशोधनवादीहरुको बाहुल्यता रहेको र नेपालमा क्रान्तिकारीहरु कमजोर रहेको बारेमा पनि व्यापक बहस चलाएको थियौँ । र अन्तिममा नेपालमा नयाँ जनवादी क्रान्तिको वस्तुगत आवश्यकता कायम रहेको बारेमा हामी दुवै जना सहमत भएका थियौँ । वाँकी कुरा कमरेड वाङले हाम्रो पार्टी नेकपा–माओवादीको उच्च नेतृत्वसँग छलफल चलाउँछौँ । भन्नु भएको थियो ।
९ जुलाई २०१५का दिन सिचुयन प्रान्तको राजधानी CHENGDU छेन्दुमा चिनिया कम्युनिष्ट पार्टी अन्तराष्ट्रि विभागका उप निर्देशक कमरेड SHAO LIANG र मेरो विचमा JING JINYANG होटेलमा लामो भेटबार्ता भएको थियो ।

यो भन्दा पहिलो हामी चिनको सिचुयन प्रान्तको आप्पा जिल्लाको सोयमो गाउँमा सन २००८ मे १२ गतेका दिन उत्पन्न भएको शक्तिशाली भुकम्पले पु¥याएको क्षेति र त्यस पछि पुननिर्माण गरिएको ठाउँको अबलोकन सिंचुयन प्राप्तको राजधानी छेण्दुको अत्याधुनिक शहस निर्माणको अवलोकन मिन नदिको सिचाई परियोजना र पयर्टकीय ब्यवसायको अबलोकन र विद्युत उत्पादन तथा विज्ञान र प्रविधिको क्षेत्रमा त्यहाँ गरिएको विकास र इगजिबेसन हलको आन्दोलन र पान्डा चिडिया खानाको अवलोकन गरेका थियौँ । साथै फु च्यान यन प्रान्तको राजधानी सिमेन (ह्क्ष्ब्ःभ्ल्) शहरको अवलोकन र समुद्रीततको अवलोकन, सिभेन बिश्ब विद्यालय लगायत बौद्ध गुम्वाहरुको पनि अवलोकन गरिएको थियो ।

बेइजिङ सेमिनारमा भाग लिए पश्चात ग्रेटवाल र माओको शव राखिएको माओ मेमोरियल हल र तेनमेनयन चोकको अलवोगन भ्रमण पनि गराएको थियो । १७ जुलाई२०१५ (२२ असार २०७२) देखि १७ जुलाई २०१५ साउन २०७२ सम्म ११ दिनमा भ्रमण पूरा गरी स्वदेश फर्केका थियौँ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणा र चिनियाँ कम्युनिष्ट पार्टीले योजना, समयाविधी र विषयहरुमा सबै कार्यहरु सक्नु पर्ने भएकोले जुन जुन ठाउँको अध्ययण भ्रमण र अवलोकन गराइयो ती सबैको आ–आफ्नै महत्व रहेको छ । चीनले गरेको अकल्पनीय विकास र प्रगति तथा विज्ञान प्रविधिका क्षेत्रमा गरेको विकासका बारेमा चिनमै पुगेर स्वयम् अध्ययन गर्नु जीवनकै लागि एउटा महत्पूर्ण अवसर हो यसका बावजुत पनि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय व्यूरोले आयोजना गरेको चिनिया विशेषता सहितको समाजबाद नामक सेमिनारमा पार्टीको मिशनको रुपमा भाग लिनु र व्यापक बहस सञ्चालन तथा चिनिया नेताहरुसँग मेरा छुट्टै भेटवार्ता र महान बहस भयो । यो नै जीवनको लागि ज्यादै महत्वपूर्ण अबसर मिलेको महसुस गरेको छु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु