संघीय लोकतान्त्रिक मोर्चा संविधान निर्माण प्रक्रियाबाट अलग

२०७२ भाद्र २० गते, आईतवार

काठमाडौं ,२० भदौ । संघीय लोकतान्त्रिक मोर्चा संविधान निर्माण प्रक्रियाबाट अलग्गिएको छ । विजयकुमार गच्छदार नेतृत्वको सो मोर्चाले संविधान विद्येयकमा संशोधन दर्ता गर्ने म्याद थप गर्दै असन्तुष्ट समूहलाई पनि वार्तामा ल्याउनुपर्ने माग राखेको थियो । कांग्रेस, एमाले र एमाओवादीले अन्तिम समयमा संयुक्त संशोधन दर्ता गरेपछि गच्छदार मोर्चा अलग्गिएको हो ।
मोर्चामा गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टी छन् । फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले आफूहरुसँगै गोपाल दहित नेतृत्वको थरुहट तराई पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)लगायत रहेको बताए । चौधरीले आजदेखि नै मोर्चाले सशक्त सडक संघर्ष सुरु गर्ने जानकारी दिए । बैठकले तराई मधेसमा जारी आन्दोलनलाई नैतिक समर्थन गर्ने निर्णय गरेको चौधरीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु