दुखेको कैलाली – धनबहादुर चन्द

२०७२ भाद्र १९ गते, शनिबार

भविष्यमा निकै राम्रो औद्योगिक बिकासको सम्भवना बोकेको पश्चिम नेपालको उर्बरभुमी हो कैलाली, जहाँ उल्लेख्य मात्रामा थारु समुदायको निकै बाक्लो बसोबास रहेको छ । नेपाली थारु समुदाय कुल जनसंख्याको एक चौथाई थारु जनसमुदाय रहेको कैलाली अहिले पनि सुदूरपश्चिमका अन्य जिल्लामध्ये अलि बिकसित नै मानिन्छ । स्थापनाकालदेखिनै यहाँका बिषेशतः थारु समुदाय, हलिया, कमैया, कमलरी आदि जस्ता मानब शोषित दण्डबाट अहिले पनि पिल्सिरहेका छन् । यहाँ मुख्यतय मुखिया परम्पराले दासत्वको जरा गाडेर बसिरहेकोछ । आफुसँग प्रयाप्त मात्रामा खेतियोग्य भुमी नहुनु र सरकारले उचित ब्यबस्था नगर्दा यहाँका थारु समुदाय बाध्यात्मक रूपले जमिन्दारको हलिया, कमैया तथा कमलरी बस्नुपरेको यथार्थ हो । यसरी जमिन्दारको घरमा बस्दा झेल्नुपरेका थुप्रै समस्या, पीडा, बेदना, क्रुप्ता, आदिजस्ता हिंस्रक व्यवहार सहनुपर्ने बाध्यता उनीहरूलाई छ । यस्ता यस्तै कारणको उपज हो सायद बर्गीय, लिङ्गीय, समाबेशीय, जातिय, उत्पीडित, महिला, दलित, थारु, मध्यसी, मुस्लिम, आदिबासी जनजाति आदि जस्ता श्रमजीबि जनताका मुक्तिका आवाजहरू लिएर दस बर्से महान जनयुद्ध फस्टाएको । जब नेतृत्वले गद्दारी ग¥यो तब छोटै समयमा नै श्रमजिबी मुक्तिकामी नेपाली जनसमुदायलाई दलाल नोकरशाही पुँजीपतिहरूले पञ्चायति शासनसत्ता थोपर्न खोज्दैछन । तात्कालिन ने.क.पा. माओबादीको रोहबरमा २०४७ को सेरोफेरोबाट नेपालमा दलित, महिला, जनजाति आदिबासी, मधेसी, मुस्लिम, उत्पिडित, पिछडिएको, गरिब निमुखा, आदि थुप्रै समुदायको आवाज बुलन्द गर्दै पुर्ब मेचीदेखि पश्चिम महाकालीसम्म ईतिहास रच्दै प्रचण्ड बाबुराम र किरण जीका चैतन्न्य कृतिम र मिजासिला मिठा मिठा सुनेका भासन मानस्पटलमा सेलाउन पाएका छैनन । ठूलो बलिदानी, त्याग तपस्या र मुख्यत संघर्षबाट हासिल गरेका जन अदालत, आधार इलाका, जनबर्गीय सङ्गठन, जनमुक्तिसेना र ठुलोमात्राका हतियारहरू आज दुर्बिन लाएर खोज्नुपरेको छ । यो मुक्तिको लडाइमा कुनै समुदायको पनि कमैमात्रामा बलिदानी छैना । कुनैपनि जातजातिको कम सहयोग छैन । के त्यसैको कारण हो त आज नेपालमा लामोसमयसम्म संक्रमनकाल खेप्नुपरेको ? कदापी होइन । नेपाली जनता विशेसत जो राज्यद्वारा पिछडिएका, हेपिएका, अधिकारबिहिन बनेका, थिचोमिचोमा परेका, आफ्नै समुदायमा बेचिएकाहरू आ–आफ्नो मुक्तिको निमित्त बलिदानी, त्याग, समर्पण र संघर्ष गरेका थिए । तर आज त्यो बर्गीय, जातिय मुक्तिको लडाइको पीडा बिर्सेर प्रचण्ड पङ्तिले दक्षिणपन्थीसँग आत्मासमर्पण ग¥यो जनताको सेना अनि ठुलोमात्राको हतियार बुझाइदियो र जनताका सम्पूर्ण आवाजहरू आज माटोमा घिर्सिरहेका छन् र हिजो ज–जसले आपूmलाई सच्चा, इमानदार र कर्मठ कम्युनिष्ट साबित गर्न चाहन्थे उनीहरू नै दक्षिणपन्थीहरू सँगको संसदीय ब्यबस्थाको रङ्गमञ्चमा आज नाटक मन्चनगरिँदैछ र तिनै कम्युनिष्ट नामका खलनायकहरूले मुखदर्सक बनेर हेर्नु सिवाय कुनैपनि रोलिङ्मा भुमिका पाएका छैनान । यता रङ्गमन्चमा नाटकीय ढङ्गले पञ्चायती प्रभुत्वहरूले रानाकालिन भन्दाको पनि पश्चगामी संविधान जनतालाई जबर्जस्त थोपर्न खोज्दैछन र आफ्नो रबैया देखाइरहेका छन् । यता दसबर्से बर्गसंघर्षको कालखन्डमा धेरै स्कुलिङ पायका, चैतन्न्य दर्सन पढेका उत्पीडित र सोसित जनताले निकै ज्ञान पाइसकेका थिए र सुनियोजन ढङ्गले नेपालमा पश्चगामी संबिधान आउनलाग्दा जनताहरू कानमा तेल हालेर त बस्दैनन । हिजो एउटा चरन पार गर्दा आफ्नो स्वार्थपुर्तिको लागि आपूmहरूलाई प्रयोगमा ल्याएर स्वर्थ सिद्धेपछि जनतालाई बिमुख बनाउनु हँुदैन र यो स्विकार्य छैन । यो देसमा साँचिकै पिछडिएका, गरिब, थिचोमिचोमापरेका र मुक्ति चाहिरहेका मध्यको माग तथा आन्दोलनको एउटा ज्वलन्त उदाहरण हो कैलाली प्रकरण । यो विश्वसमुदाय माझ छर्लङ्ग भैसकेको छ र जनताले आफ्नो मुक्ति तथा अधिकारका निमित्त जस्तोसुकै कठिनाइहरू पनि मोल्नसक्छन भन्ने एउटा उदाहरनीय घटना हो कैलाली घटना । हो आज कैलाली दुखेको छ, रोएको छ, आज कैलाली पिल्सिएको छ छट्पटाइरहेको छ । जनताले आफ्ना हक अधिकारहरू सुनिश्चितरूपमा संबिधानमा लिपिबद्ध गरिनुपर्छ भन्दा जनताको करखाएकाहरूले जनताकै छाती छाती ताकेर बन्दुक तेस्र्याएर गोलिबर्साउने नपुङ्सक संस्कार के चाहिरहेको छ ? आफ्नो न्यायमाग्दा जनताले गोलि थाप्नुपर्छ भने कस्को लागि अदालत ? दुखद कैलाली घटनाको सत्यतथ्य अनुसन्धान छोडेर त्यहाँका थारु बस्तिहरूमा देसको सिमारक्षक सैनिक (साडे) परिचालन गरेर राज्यले घोर अन्याय गरेको छ । आज त्यहाँका चेलिबेटीहरूले कफ्र्युको नाममा बलात्कारको सजाय भोग्नुपरेको खबर बाहिर आएको छ । त्यहाँका सोझासाझा जनता मरनासन्न पिटिनुपरेको छ । सीमित कफ्र्युको नाममा भोकमारी खप्नुपरेको छ । दर्जनौ जनताले अनायासै ज्यान गुमाउनुपरेको छ । यस्तै मात्रामा सुरक्षार्था खटिएका प्रहरी मित्रहरूको ज्यान गएको छ । जनताको जायज मागलाई सम्बोधन गर्ननसक्ने संस्कार के चाहान्छ ? यहाँ प्रस्न चिन्ह खडा भएको छ । एक दसक भन्दा बढी चलेको गृहयुद्धको कारण पछिपरेको नेपाल महाभुकम्पको कारण झनै पछि धकेलिएको छ । यो परिस्थितिमा यहाँका नेता भनाउदा दासत्वका नायकहरू देस र जनतालाई अझ गुलाम बनाउँदै छन् । यिनिहरूको यो रबैयाका कारण आज कैलाली रोयो भोलि नेपाल रुनेछ । जनतालाई अधिनायत्व लाद्ने दलाल पुँजिबादीका बिरुद्ध जनता लड्न अपरिहार्य छ । जसरी बच्चा नरोइ दूध पाउदैन त्यस्तै जनता नबोल्दा अधिकार आइदैन तर मुक्तिको आवाज बोल्ने जनताको मुखमा गोलिको बिर्काे किन ? हे शासकहरू हो तिमीहरूको जनताको हितको लागि प्रयोग गर दमनको लागी होइन यदि स्वार्थको राजनीति गरे भने निकट भविश्यमै तिमीहरूको स्वार्थसिद्ध हुनेछ । तिमीहरूको यहि ब्यक्तिगत हटका कारण नेपालमा फेरि जनताले आफ्नो अधिकारको निमित्त गृहयुद्धको घोषणा नहोला भन्नसकिदैन । आजका नेपालमा शासन गर्दै आएका नेता भनाउदा नपुङ्सकहरू बेलायत जस्ता मुलुकमा हुन्थेभने दसौं पिण्ड खाइसक्थे अझ तिमीहरू नेपालमा भाग्यबस जन्मेछौ र बाँचेका छौँ । यो अन्तिम मौका हो यदि सुनिन चाहान्छौ त सुनध्र हैनत नेपाल फेरि सिरिया र सोमालिया जस्तो नहोला भन्न सकिँदैन सबैलाइ चेतना भया।।।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु