त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा

२०७२ भाद्र ९ गते, बुधबार

काठमाडौ ९ भदौ । वीरगंज–पथलैया करिडोर अन्तरगतको त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा गरि लामो समयदेखिको भन्सारमा रोकिएका गाडी गन्तव्यमा पुर्याउनका लागि पहल थालिएको छ । आज बेलुकी ८ बजेदेखि भोली बिहान ६ बजेसम्म राजमार्गलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको पर्साका प्रहरी प्रमुख दिवेश लोहनीले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निषेधित क्षेत्रमा गस्ती गर्ने उनको भनाई छ । मधेश केन्द्रित दलहरुको अव्हानमा भैरहेको बन्दका कारण एकहजार भन्दा बढी मालवाहक गाडी बीरगंज भन्सार पारी भारतीय सीमामा रोकिएका छन ।
यस्तै सीमापारी रोकिएका बाहेक नेपाल भित्रिसकेका झण्डै एकहजार भन्दा बढी भारतीय गाडी पनि तोकिएको समयमा फर्कन नपाएको वीरगंज उद्योग वाणिज्य संघका सचिव दिपक टिवडेवालले बताए ।

प्रतिक्रियाहरु