‘दूरसंचार सेवालाई थप गुणस्तरीय बनाउ’

२०७२ भाद्र ३ गते, बिहीबार

काठमाडौं, ३ भदौ । व्यवस्थापिका संसदको विकास समितिले दूरसंचार सेवालाई थप गुणस्तरीय, सर्वसुलभ र प्रतिस्पर्धी बनाउन नेपाल टेलिकमलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समिति बैठकले टेलिकमको सेवालाई थप प्रभावकारी बनाउन कतिपय ऐनमा परिमार्जन गर्नुपर्नेमासमेत जोड दिएको छ । बैठकमा सन्चारमन्त्री डा. मीनेन्द्र रिजालले टेलिकमको सेवालाई समयानुकुल र प्रतिस्पर्धी बनाउन सरकारले सम्पूर्ण सहयोग गर्ने बताए । समितिका सदस्यहरुले टेलिकमले नाफा गरे अनुरुप प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकेकोप्रति सञ्चारमन्त्रालय र टेलिकमको ध्यानाकर्षण गराएका थिए ।
नेपाल टेलिकमले भूकम्पपछि कतिपय टावरमा क्षति पुगेकोले केही स्थानमा सेवा प्रभावकारी हुन नसकेको जनाएको छ । आगामी दुई वर्षभित्र देशका विभिन्न ठाउँमा दुई हजार टावर थप्ने योजना रहेको पनि टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु