नूनको सोझो गर : मुख्य सचिव

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं , १ भदौं । मुख्यसचिवमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कास्की पुगेका डा. सोमलाल सुवेदीले ‘नूनको सोझो’ गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मुख्यसचिव डा. सुवेदीले क्षेत्रीय प्रशासन कार्यालयले गरेको कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई नूनको सोझो गरेर काम गर्न निर्देशन दिएका हुन् । उनले कर्मचारीतन्त्रमा भ्रष्टाचारका लाञ्छना लागेकाले यसलाई मेटाउनु कर्मचारीकै कर्तव्य पनि भएको बताए ।
कर्मचारीमा हाकिमी प्रवृत्तिको विकास हुँदा आरोप प्रत्यारोप बढेको स्विकार्दै उनले पहिला आफ्नो काम गर्न र त्यसपछि अन्य कर्मचारीलाई सघाउन कार्यालय प्रमुखहरुलाई आग्रह गरे । पहिले आफूले काम गरेपछि अन्य कर्मचारीमा मित्रभाव बढ्ने र त्यसपछि सर्वसाधारणको काम पनि छिटो हुने उनको भनाइ थियो ।

प्रतिक्रियाहरु