नेपाल बन्द दिउँसो एक बजेसम्म मात्र

२०७२ श्रावण ३२ गते, सोमबार

काठमाडौ, ३२ साउन । नेकपा-माओवादी, जनजाति तथा मधेसी दलले गरेको नेपाल बन्द आज दिउँसो १ बजेपछि फिर्ता हुने भएको छ । दोस्रो दिनको बन्द प्रभावहीन भएपछी बन्द फिर्ता लिइएको बुझिएको छ । बन्दको प्रभाव कम परेपछि सोमवार दिउँसो १ बजेदेखि बन्द फिर्ता लिने आन्दोलनरत दलहरुले तयारी गरेको माओवादीका एक नेताले बताए । यसैबीच ,काठमाडौ, भक्तपुर र ललितपुरका आन्दोलनरत दलका कार्यकर्ताहरुलाई काठमाडौको रत्नपार्कका केन्द्रित गरी प्रदर्शनको तयारीसमेत गरिएको माओवादीले जनाएको छ । माओवादीसहित आन्दोलनरत दलका शीर्ष नेताहरुको नेतृत्वमा प्रदर्शन गर्ने तयारी गरिएको हो । काठमाडौको ठाउँबाट प्रदर्शन गरी दिउँसो १२ बजे रत्नपार्क शान्ति बाटिकामा सभा गरिने माओवादीले जनाएको छ । शान्तिबाटिकाको सभालाई माओवादी महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

प्रतिक्रियाहरु