जुम्लामा कर्फ्यु जारी

२०७२ श्रावण ३२ गते, सोमबार

काठमाडौँ, ३२ साउन । जुम्लामा हिजो साँझ ५ बजेपछि लगाइएको कर्फ्यु आज बिहान १ घण्टाका लागि खुला गरि पुन : जारी गरिएको छ । स्थानिय प्रशासन ऐन २०२८ को ६ क अनुसार लगाइएको कर्फ्यु आज बिहान स्थानिय जनतालाई दैनिक उपभोग्य सामान खरीद बिक्रीका लागि एक घण्टा मात्र खुलाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । अर्को आदेश नआएसम्म बिहान ८ बजेपछि भने फेरि कर्फ्यु यथावत रहने प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिए । कर्फ्यु लगाइएको क्षेत्र भित्र कोही कसैलाई आवातजावत नगर्न उनले अनुरोध पनि गरेका छन । कर्फ्यु लगाइएको क्षेत्रहरु एअरपोर्टदेखि पश्चिम, ट्राफिक कार्यालयदेखि पुर्व, छिना साँगुदेखि उत्तर र जुम्ला बहुमुखि क्याम्पसदेखिको दक्षिणी क्षेत्र रहेको छ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएकामाथि भएको प्रहरी हस्तक्षेपमा घाइते भउका ६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रियाहरु