क्यान सफ्टेक भदौ १७ देखि

२०७२ श्रावण ३१ गते, आईतवार

काठमाडौं । क्यान सफ्टेक २०१५ आउँदो भदौमा काठमाडौंमा हुने भएको छ । क्यान सफ्टेकको आठौं संस्करण आउँदो भदौ १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटिमण्डमा हुने कम्प्युटर एशोसिएशन नेपाल महासंघ क्यानले जनाएको छ । कन्भर्जिङ टु इ लाइभ भन्ने नाराका साथ मेला गर्न लागिएको क्यानले जनाएको छ । सफ्टवेयर, सोलुशन रसेवाको विकास तथा बिस्तार गर्ने उदेश्यले मेला गर्न लागिएको हो । मेलामा कम्प्युटर, कम्प्युटरका पाटर्स तथा सूचना प्रविधिका विभिन्न स्टल रहने आयोजक क्यानले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु