बालबालिकाद्वारा नाङ्गो जुलुस प्रदर्शन

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौ ३० साउन । जुम्लामा बालबालिका सडकमा नाङ्गै उत्रिएर प्रदर्शन गरेका छन् । ‘हाम्रो भविष्य अन्धकार छ, सरकारले सर्वश्व लुट्यो’ भन्दै बालबालिकाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन् । आफ्नो भविष्य अन्धकार भएको संकेत गर्दै उनीहरुले कालो चश्मा लगाएर प्रदर्शन गरे । प्रदर्शनमा १ देखि १६ वर्ष सम्मका सयौं बालबालिका सडकमा ओर्लिएका छन् । बन्दका कारण बालबालिका विद्यालय जान पाएका छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु