राष्ट्रपति दलका नेताहरुसँग छलफल गर्दै

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौ, ३० साउन । राष्ट्रपति रामवरण यादवले प्रमुख ४ दलका शीर्ष नेतासँग छलफल गर्दै छन ।संविधान निर्माण प्रक्रिया र सीमांकनको विभाजनपछि भइरहेको विरोधका विषयमा बुझन प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपति यादवले शीतल निवास बोलाएका छन । राष्ट्रपति कार्यालयका अनुसार छलफल साँझ मात्रै हुनेछ । ६ प्रदेशका विषयमा विभिन्न जिल्लामा हिंसात्मक घट्ना भइरहेका बेला उनले नेताहरूलाई बोलाई आवश्यक जानकारी लिन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई भेटका लागि बोलाइएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु