प्रभु साह मस्यौदा समितिबाट बाहिरिए

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौ, २९ साउन । एकीकृत माओवादी सभासद् प्रभु साहले संविधान मस्यौदा समितिबाट राजीनामा दिएका छन । सभासद् साहले विगतका सहमति र सम्झौतालाई मस्यौदा समितिले लत्याएका कारण आज राजीनामा दिएको बताए । मस्यौदा समिति मनोमानी ढंगले अघि बढेको आरोप उनको छ ।
समिति सभापति कृष्णप्रसाद सिटौलाले एकलौटी गरेको, संवाद समितिमा भएका सहमति पनि उल्टाएको, कार्यदल बनाउँदा आफू अनुकलका सदस्यहरु राखेको, विभेदकारी संविधान बनाउन अग्रसर भएको लगायतका आरोप सभासद् साहले लगाएका छन । सभासद् साहले आफ्नो राजीनामा पत्र एमाओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई बुझाएको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु