अनिश्चितकालिन कर्णाली बन्द जारी

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौं, २९ साउन । कर्णालीलाई मध्यपश्चिमबाट अलग गरेर सुदूरपश्चिममा मिलाइएको भन्दै जुम्लामा भइरहेको आन्दोलनआजपनि जारी रहेको छ ।जुम्लामा आन्दोलनलाई सफल पार्न स्थानीयबासिन्दाले गाउँमा सार्वजनिक काम बन्द गरेर आन्दोलन गरिरहेका छन् भने गाउँगाउँबाट आन्दोलनका लागि सदरमुकाम आइरहेका छन् ।बन्दले पाँच दिनदेखि कुनै पनि सवारी साधन चल्न सकेका छैनन् भने जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द रहेका छन् ।
शिक्षकहरु पनि हातमा कालो पट्टी बाँधेर शिक्षकहरु पनि आन्दोलनमा उत्रिएका छन् । अनिश्चित कर्णाली बन्दले कर्णालीमा नियमित हुँदै आएको हवाइउडान समेत हुन सकेको छैन ।
यसैगरी , छुट्टै थरुहट प्रदेशको मागसहित थरुहट तथा थारुवान संघर्ष समितिले गरेको बन्दको कारण तराईका २२ जिल्ला आज तेस्रो दिन पनि ठप्प छ ।
बन्दका कारण थारु बाहुल्य दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित कपिलबस्तु, रुपन्देही र नवलपरासीसम्मको जनजीवन प्रभावित बनेको छ ।बन्दबाट उद्योग, कलकारखाना, शिक्षण संस्था सञ्चालन हुन सकेका छैनन् भने सवारी साधन पनि थोरै चलेका छन् । थारुको पहिचान कायम राख्न माग गर्दै आह्वान गरिएको बन्द साउन ३२ गतेसम्म जारी रहने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु