एसएसबिद्वारा विविद्यार्थी टोली मुक्त

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौँ,२७ साउन । भारतीय सिमा सुरक्षा बल (एसएसवि) ले नियन्त्रणमा लिएका बैद्य माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थी टोलीलाई जिल्ला प्रशासन कार्यालयमार्फत मुक्त गरिएको छ । लिपुलेक खारेजीको माग गर्दै दार्चुला पुगका टोलीलाई भारतीय सुरुक्षाबलले नियन्त्रणमा लिएपछि झण्डै ४ घण्टा पछि जिल्ला प्रशासन कार्यालयको पहलमा मुक्त गरिएको दार्चुला प्रमुख जिल्ला अधिकारी प्रम सिंह कुँवरले बताए । आप्mनै भुमीमा मार्चपास र कोणसभा गर्न पुगेका बैद्य माओवादीसम्वद्ध अखिल क्रान्तिकारीका १० विद्यार्थीलाई भारतीय सीमा सुुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको थियो । नेपाललाई जानकारीनै नगरी जेठ १ गते भारत र चिन बिच भएको सम्झौताको खारेजीको माग राख्दै अखिल क्रान्तिकारीले शुरु गरेको काठमाण्डौ–लिपुलेक जागरण अभियान अन्र्तगत टोली लिपुलेक पुगेको थियो । लिपुलेक पुगेका टोलीलाई दार्चुलाको सीमा पुलबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको विद्यार्थी नेता तुलसीमणी केसीले जानकारी दिए । पक्राउ पर्नेमा पुजन खनाल, अमित तिवारी, मोहन आचार्य, खगेन्द्र कँडेल, सन्दिप गौतम, शिव गौतम, किरण पौडेल, सुशील वाग्ले, दिनेश जम्मरकटेल र सुदर्शन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । बैद्य माओवादी सम्बद्ध अनेरास्ववियू केन्द्रिय समितिका अध्यक्ष रतन ढकालले भारतको हस्तक्षेपविरुद्ध भत्र्सना गरेका छन् । उनले भने ‘हामी लिपुलेक सम्झौता खारेजीको माग गर्दै लिपुलेक पुगेका हौँ, तर भारतले हस्तक्षेप गरेको विरुद्ध कडा विरोध जनाउँछौँ ।’ अध्यक्ष ढकालले पहिलो अभियान सम्पन्न भएको र यसपछि थप संघर्षका कार्यक्रम अघि बढाउने जानकारी दिए । उनले श्रम–श्रृजना नेपाली दैनिकसंग कुरा गर्दै भने ‘लिपुलेक सम्झौता खारेज नभए नेपाल सरकारलाई कुटनीतिक पहल गर्न कडा भन्दा कडा विरोधका कार्यक्रम गर्ने र नेपाल सरकार अझै मौन बसे अन्तराष्ट्रियस्तरबाट लिपुलेक खारेजीको माग गर्ने छौँ ।’ लिपुलेक हाम्रो हो ! कालापानी हाम्रा हो ! भन्ने नाराका साथ अखिल क्रान्तिकारीका १२० जनाको टोली त्यसतर्फ गएको थियो । टोलीले साउन २२ गते काठमाण्डौँबाट यो अभियान सञ्चालन गरि दार्चुलामा मार्चपास र कोण सभा गरि लिपुलेक सम्झौताको खारेजीको माग गरेको थियो ।

प्रतिक्रियाहरु