सातवटा विश्वविद्यालयको उपकुलपति पद रिक्त

२०७२ श्रावण २३ गते, शनिबार

काठमाडौ, २३ साउन । सातवटा विश्वविद्यालयमा आजदेखि एकै पटक उपकुलपति पद रिक्त हुने भएका छन् । त्रिभुवन, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वनविज्ञान विश्वविद्यालय उपकुलपतिको चार वर्षे पदावधि पूरा भएपछि नेतृत्वविहीन भएका हुन् ।
विश्वविद्यालयहरुमा उपकुलपतिको पदावधि सकिएको छ भने अन्य पदाधिकारीको अवधि पनि केही महिनापछि सकिने छ ।
नियमानुसार नयाँ पदाधिकारी छनोटका निम्ति शिक्षामन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति बन्छ । राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने परम्परा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु