एमाले नयाँ कार्यालयमा सर्दै

२०७२ श्रावण २३ गते, शनिबार

काठमाडौ, २३ साउन । गतबैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेकपा एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय पूर्ण रूपले क्षतिग्रस्त भएपछि एमाले आजबाट नयाँ कार्यालयमा सर्ने भएको छ । आजदेखि सबै काम नयाँ कार्यालयबाट गर्ने एमाले सचिव योगेश भट्टराईले बताए । उनका अनुसार आज दिउँसो अध्यक्ष केपी शर्मा ओलीले नयाँ कार्यालयको उद्घाटन गर्नेछन । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा नयाँ कार्यालय स्थापना गरिएको छ ।
आज दिउँसो २ बजे पार्टीका वरिष्ठ नेता, पदाधिकारी तथा केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष केपी ओलीबाट नयाँ कार्यालय सुरु गरिनेछ । मदननगर, बल्खुस्थित कार्यालय परिसरबाट नवयुग छापाखाना, पार्टीको सम्पर्क समन्वय कमिटीलगायत केही कार्यालयहरू भने सञ्चालन हुने र आवधिक रूपमा पार्टीका विभिन्न गतिविधिहरू पनि आयोजना हुने एमालेले जनाएको छ ।

प्रतिक्रियाहरु