मेची युवा जागरण समापन हुँदै

२०७२ श्रावण २० गते, बुधबार

काठमाडौं, २० साउन । नेकपा माओवादीले राष्टियता र लिपुलेक सम्झौताको विरोधमा गत असार १२ गतेबाट शुरु गरेको मेची जागरण अभियान आज ताप्लेजुङको फुङलिङ बजारमा समापन हुँदैछ । अहिले ताप्लेजुङको फुङलिङ बजारको परिक्रमा मेची अञ्चलबाट जम्माभएका यूवाहरुले गरिरहेका छन् ।कार्यक्रमको नेतृत्व मेची उपव्यूरो सदस्य सुमन र यूवा जनस्वयंसेवक दलका मेची उपव्यूरो संयोजक तारा थापाले गर्दै हुनुहुन्छ । विरोध ¥यालीबजार परिक्रमा पश्चात विरोध सभापछि समापन हुने जिल्ला सहसचिव राजन पौडेलले बताए । – आलोक माबोहाङ् लिम्बू

प्रतिक्रियाहरु