६ वटा मन्त्रालय नेतृत्वविहीन

२०७२ श्रावण २० गते, बुधबार

काठमाडौं, २० साउन । सरकारका ६ वटा महत्वपूर्ण मन्त्रालय र निकाय सचिवविहीन भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सटौला ५८ वर्ष उमेर पूरा गरी मंगलबारदेखि अनिवार्य अवकास पाएपछि प्रशासनिक नेतृत्वविहीन मन्त्रालय र निकायको संख्या ६ पुगेको हो । प्रशासनिक निकाय नेतृत्वविहीन भए पनि सरकारले बढुवा प्रक्रिया अघि बढाएको छैन ।
हाल भौतिक पूर्वाधारसहित परराष्ट्र, शान्ति तथा पुनर्निर्माण, श्रम तथा रोजगार मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र नेपाल ट्रष्टको कार्यालय प्रशासनिक नेतृत्वविहीन छन् । ट्रष्टमा केदारबहादुर अधिकारी र महालेखा नियन्त्रणको कार्यालयमा राजेन्द्र नेपाल कायम मुकायम सचिव छन् । बाँकी निकायमा निमित्त सचिव छन् ।

प्रतिक्रियाहरु