पूर्व सांसद प्रधानको निधन

२०७२ श्रावण २० गते, बुधबार

काठमाडौ, २० साउन । नेपाली कांग्रेसका नेता तथा पुर्वसंसद सुर्यप्रसाद प्रधानको निधन भएको छ । आज बिहान बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उनको निधन भएको हो ।
पार्टी र समाजिक क्षेत्रका हरेक क्रियाकलापमा सक्रिय रहने प्रधानको जन्म १९९७ असोज १३ गते पर्वतको पांङमा भएको थियो । उनि २०५६ सालमा रुपन्देही क्षेत्र नं. ३ बाट सासदमा निर्वाचित भएका थिए ।
बुटवल नगरपालिकाका पुर्वमेयर समेत रहेका प्रधान बुटवल क्षेत्रका दर्जनौ संघ संस्थाको संस्थापक समेत थिए । उनि गएको २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा काँग्रेसको तर्फबाट उमेदवार हँुदा एमालेका विष्णु पौडेलसंग पराजित भएका थिए ।

प्रतिक्रियाहरु