बेपत्ताहरुको तत्काल छानबिन गर्न माग

२०७२ श्रावण १९ गते, मंगलवार

काठमाण्डौ, १९ साउन । जनयुद्ध कालमा मारिएकालाई सहिद घोषणा र बेपत्ताहरुको तत्काल छानबिन गर्न आफन्तहरुले माग गरेका छन् । काठमाण्डौमा आज आयोजित “जनयुद्ध, शान्तिप्रकृया, प्रभावित आवाजहरु र आयामहरु” विषयक अन्तक्रियामा सहभागी पिडित परिवारका सदस्यले यस्तो बताएका हुन् । जनयुद्धपछि शान्ति प्रकया भएको लामो समय भईसक्दापनि मृतक र बेपत्ताहरुबारे सरकार र सम्बन्धित निकाय मौन रहेको उनीहरुले आरोप लगाएका छन् ।
१० बर्षे शसस्त्र द्धन्दकालमा २ छोरा गुमाएकी कबिता बोगटीले न त छोराहरुको लास न त सरकारबाट आश नै पाईयो भन्दै दुखेसो पोखे । मृतक तथा बेपत्ताहरुका लागी सरकारले बिभिन्न आयोग गठन गरेपनि पिडितलाई कुनै राहत नभएको बताउनुभयो । उहाँले आफुजस्ता पिडितहरुले कहिले राहत महशुस गर्ने भन्दै प्रश्न समेत गरे । जवाफमा बेपत्ता छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आफुहरुले मृतक र बेपत्ताहरुको छानबिनका लागी अधिक प्रयास गरिरहेका बताए । मल्लिकले मृतक र बेपत्ताहरुका लागी आयोगहरुले मात्र केही गर्न नसक्ने भन्दै सरकारले आवश्यक सहयोग नगरेको बताए ।त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मृतक र बेपत्ताको छानबिनका लागी बिभिन्न संयन्त्र परिचालन गरिएको बताए । उनले आफुहरुको मिशनमा आफन्त लगायत सम्पर्ण क्षेत्रले सहयोग गर्न आग्रह गरे ।
त्यस्तै नागरिककर्मि डा. सुन्दरमणी दिक्षित, अधिवक्ता एकराज भण्डारी लयायतले आयोग स्वतन्त्र रहेको तर बेपत्ता सम्बन्त्रि ऐन भएपनी नियमावली नभएकोमा असन्तुष्टि पोखेका थिए । कार्यक्रममा आयागले द्धन्दकालमा मारिएका र बेपत्ता भएका नेपालका ७३ जिल्लामध्ये २० जिल्लामा पिडितसंग भेटघाट, हालको राहतबारे धारणा लिनुका साथै साउनभित्र मृतक र बेपत्ताबारेको कार्यप्रगति सहितको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी गराईएको थियो ।

प्रतिक्रियाहरु